संघीय संसद् भवनमा राष्ट्रपति निर्वाचनको मतगणना सुरु - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

संघीय संसद् भवनमा राष्ट्रपति निर्वाचनको मतगणना सुरु

आजको राष्ट्रिपति निर्वाचन सम्पन्न भएसँगै निर्वाचन अधिकृतको कार्यालयमा मतगणना कार्य सुरु भएको छ । राष्ट्रपतिका लागि संघीय संसदका ३२६ प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका ५३६ गरी ८६२ मतदान प्रकृयामा सामेल भई मतदान गरेका थिए ।

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

नयाँ शक्ति पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी र विवेकशिल साझा पार्टीले मतदान गरेनन् । भने राजपाका मनिष कुमार सुमनले पनि मतदान गरेनन् ।

संघीय संसदका ५ र प्रदेश सभाका १३ जनाले मतदान गरेका थिएनन् भने ५ जनाले मतदान गर्न पाएका थिएनन् । नयाँ राष्ट्रपतिको रेसमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद कुमारी लक्ष्मी राई छन् । भण्डारीलाई वाम गठबन्धनको समर्थन रहेको छ भने राईलाई कांग्रेसलगायतका दलहरुको समर्थन छ ।

राष्ट्रपति निर्वाचनको मतदान सकियाे : १८ जनाले भाेट हालेनन्, ४ जनाले पाएनन् !

तपाईको प्रतिक्रिया