सामसुङ एस नाइन तथा एस नाइन प्लसको प्रि–बुकिङ सुरु - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

सामसुङ एस नाइन तथा एस नाइन प्लसको प्रि–बुकिङ सुरु

इलेक्ट्रोनिक्स ब्रान्ड सामसुङले स्मार्टफोन ग्यालेक्सी एस नाइन तथा एस नाइन प्लस नेपाली बजारमा प्रि–बुकिङ सुरु गरेको छ । कम्पनीले बजारमा भित्राएका दुई स्मार्टफोन आउँदो मार्च २३ देखि नेपालमा उपलब्ध हुनेछन् ।

कम्पनीले दुवै फोनमा इमेज, भिडियो तथा इमोजी सेयर गर्न विशेष प्रविधि प्रयोग गरिएको जनाएको छ । यसमा संशोधित गरिएको ड्युल एपार्चेयुर लेन्स, लो लाइट क्यामेरा, सुपर स्लोमो भिडियो खिच्न सकिने सुविधा तथा पर्सनलाइज्ड एआर इमोजिस तथा डल्बी एटमोसका साथ एकेजीद्वारा सज्जित स्टेरियो स्पिकर रहेको छ । एस नाइन तथा एस नाइन प्लसमा एकेजी, थप सुधारिएको रिफाइनेट एज–टु इन्फिनिटी डिस्प्ले, नयाँ स्मार्ट थिङ्स एप, सामसुङको विद्यमान एलओटी सेवासमेत उपलब्ध छ ।

क्यामेरा
स्मार्ट फोनका उपभोक्तालाई लक्षित गरी दुवै फोनका क्यामेरामा उच्चस्तरीय फोटो खिच्न विभिन्न टुल्स प्रयोग गरिएको छ । ग्यालेक्सी एस नाइन तथा एस नाइन प्लसमा ग्राहक आवश्यकताअनुसार, सुपर स्पिड डुअल पिक्सेल सेन्सरका साथ डेडिकेटेड प्रोसेसिङ पावर तथा मेमोरीजस्ता सुविधा रहेका छन् । सुपर स्लो–मोका साथ कुनै पनि क्षणलाई हरेक दिन विशेष बनाउन डायनामिक स्लो मोसन भिडियो खिच्न सकिन्छ । फोनले प्रतिसेकेन्ड ९ सय ६० फ्रेम क्याप्चर गर्न सक्छ । फोनमा अटोमेटिक मोसन डिटेक्टर सुविधा पनि छ, जसले मुभमेन्टलाई सहजै यकिन गरी भिडियो रेकर्ड गर्न थाल्छ । फोनमा भएका ३५ विभिन्न अप्सन प्रयोग गरी आफूलाई चाहिएको जस्तै भिडियो निर्माण गर्न सकिन्छ । फोनमा लो–लाइट क्यामेराका माध्यमबाट उच्चस्तरीय फोटो खिच्न सकिन्छ । एस नाइन तथा एस नाइन प्सलमा ड्युल एपार्चुअर रहेकाले बढी उज्यालोको अवस्था वा न्यून उज्यालोमा पनि स्वतः सफा फोटो खिच्न सकिन्छ ।

सामसुङमा भएको यो सुविधाबाट प्रयोगकर्ताले आफूजस्तै इमोजी तयार गर्न सक्छन् भने त्यसमा सोहीअनुसार साउन्ड अनुकरण गरी राख्न पनि सकिन्छ । यसमा डाटा बेस्ड मेसिन अल्गोरिथिम प्रयोग गरिएको हुन्छ, जसले प्रयोगकर्ताको टुडी तस्बिरलाई १ सयभन्दा बढी फेसियल फिचरका मध्यमबाट थ्री–डी मोडेलमा बदल्न सकिन्छ । सामसुङको इन्टलिजेन्स प्लाटफर्म बिक्सबीको माध्यमबाट प्रयोगकर्ताले सहजै रूपमा आफ्नो वरपर भएका विभिन्न जानकारी प्राप्त गर्न सक्नेछन् । रियल टाइम अब्जेक्ट डिटेक्सन तथा रिकग्निसनका साथ बिक्सबीले तुरुन्तै तस्बिरको जानकारी दिन्छ । युजर लाइभ ट्रान्सलेसनका माध्यमबाट विभिन्न भाषाको तथा विदेशी विनिमय दरको जानकारी पनि उपलब्ध गराउँछ ।

मनोरञ्जनयुक्त
मनोरञ्जनका लागि सामसुङले अडियो तथा भिजुअल अनुभव प्रदान गर्न यस्ता उपकरण निर्माण गर्दै आएको छ । एकेजीयुक्त स्टेरियो स्पिकरका साथ ग्राहकले क्लियर साउन्डको अनुभव गर्न सक्छन् । सेटमा डल्बी वातावरण रहेकाले प्रयोगकर्तालाई ३६० डिग्रीमा थिएटरको जीवन्त अनुभव प्राप्त हुनेछ।

व्यक्तिगत जीवनशैलीका लागि उपयुक्त
स्मार्टफोनमा स्मार्टथिङ्स एप प्रयोग गर्न सकिन्छ, जसले गर्दा घर, अफिस वा अन्यत्र कतै जाँदा जीवनशैलीलाई अझ सहज बनाउन मद्दत पुग्नेछ । सामसुङ डेस्कले गर्दा मोबाइल सेटले ठूलो तथा फूल स्क्रिनको अनुभव दिन्छ । नयाँ डकिङ सिस्टम सुविधाका कारण प्रयोगकर्ताले ग्यालेक्सी एस नाइन तथा एस नाइन प्लसलाई सहजै रूपमा ठूलो स्क्रिनमा मोबाइललाई आबद्ध गराउन सक्नछन् ।

४ सय जिबीसम्म मेमोरी बढाउन सकिने
सामसुङमा आइपी–६७ पानी तथा धुलो प्रतिरोधी एवं वायरलेस चार्जिङका साथ स्मार्टफोनका लागि गुणस्तरीयता निर्धारण गरिएको छ । फोनमा माइक्रो एसडी कार्ड प्रयोग गरी ४ सय जिबीसम्म मेमोरी बढाउन सकिन्छ । फोनमा सामसुङको नवीनतम सुरक्षा प्लेटफर्म नक्स ३.१ राखिएको छ । यसमा बायोमेट्रिक अथेन्टिक अप्सन, आइरिस, फिंगर प्रिन्ट तथा फेसियल रिकग्निसनजस्ता सुरक्षा संयन्त्र राखिएको छ, जुन प्रयोगकर्ताले आफ्नो रुचि वा आवश्यकताअनुसार छनोट गर्न सक्छन् ।

एस नाइन प्लस विभिन्न ३ वटा आकर्षक रङमा उपलब्ध हुनेछ भने एस नाइन प्लस मिडनाइट ब्ल्याक, कोरल ब्लु तथा न्यु ह्यु, लाइलक पर्पलमा उपलब्ध हुनेछ ।

फोन खरिदकर्ताले प्रतिसाता १ हजार एमबीका साथ १२ सातासम्म कुल १२ हजार एमबीको डाटा एनसेलका तर्फबाट निःशुल्क प्राप्त गर्न सक्नेछन् भने शिखर इन्स्योरेन्समार्फत एक वर्षभित्र सेट टुटफुट भएको अवस्थामा बिमा दाबी गर्न सक्नेछन् ।

प्रि–बुकिङ गर्ने ग्राहकले वायरलेस चार्जर वा ५ हजारबराबरको डिस्काउन्ट कुपन प्राप्त गरी सोही रकमबराबरको सामसुङ मोबाइलका एसेसरिज वा सामसुङ स्मार्ट फोन खरिदमा डिस्काउन्ट लिन सक्नेछन् । टर्किस एयर, केजी एच होटेल तथा रुट्स फेसनसँग सहकार्य गरी विशेष छुट व्यवस्था पनि मिलाइएको कम्पनीले जनाएको छ ।

प्रि–बुकिङमा सहभागीलाई लक्की ड्रमा समावेश गरिने र पहिलो हुनेले टर्किस एयरको सेवा भएका देशमा आउने–जाने टिकट निःशुल्क पाउनेछन् । दोस्रो भाग्यशाली विजेतादम्पतीलाई हिमालयन फ्रन्ट रिसोर्ट वा वाटर फ्रन्ट रिसोर्टमा दुई रात बस्ने सुविधा निःशुल्क उपलब्ध हुनेछ । दुईजना तेस्रो भाग्यशाली विजेतालाई सामसुङ फिट टु–प्रो प्रदान गरिने कम्पनीको भनाइ छ । सामसुङ नेपालका प्रमुख प्रणयरत्न स्थापितले मोबाइल फोनका कारण स्वअभिव्यक्ति एवं कुराकानीका लागि प्रयोग गर्ने स्मार्ट फोनको तरिका परिवर्तन भएको बताए ।

मूल्य
कम्पनीले नेपाली बजारमा ग्यालेक्सी एस नाइन तथा ग्यालेक्सी एस नाइन प्लस फोन ५ हजार रुपैयाँको तुरुन्त क्यासब्याकसहित क्रमशः ९२ हजार ९ सय तथा १ लाख ४९ हजार रुपैयाँ मूल्य पर्ने जनाएको छ । क्यासब्याकपछि एस नाइनको मूल्य ८७ हजार ९ सय र एस नाइन प्लसको ९९ हजार
९ सय पर्छ ।

‘नेपालमा खरिद गर्दा सस्तो’

प्रणयरत्न स्थापित, मोबाइल डिभिजन प्रमुख
सामसुङ नेपाल

अन्य मोबाइलको तुलनामा सामसुङ एस–९ र एस–९ प्लस कुन रूपमा भिन्न छ ?
हरेक वर्ष सामसुङले दुईवटा ‘फ्ल्यागसिप डिभाइस’ लन्च गर्दै आएको छ । त्यही सिलसिलामा हामीले अहिले एस–९ र एस–९ प्लस ल्याएका छौँ । यस क्रममा सामसुङले आफ्नो पछिल्लो प्रविधि सार्वजनिक गर्ने गरेको छ । क्यामेरा, प्रोसेसर, डिस्प्लेलगायतमा सामसुङले पछिल्लो (लेटेस्ट) प्रविधिलाई समावेश भएको एस–९ र एस–९ प्लस ग्लोबल लन्चको लगत्तै नेपालमा पनि सार्वजनिक गर्न सफल भएका छौँ । नेपाली उपभोक्ताहरूले यसलाई रुचाउनेमा हामी पूर्णतः विश्वस्त छौँ ।

म्यासेज र कल गर्ने मात्रै भन्दा पनि अन्य उपकरणको सहायताले गर्नुपर्ने कामहरूसमेत मोबाइलबाटै गर्न चाहनेहरूका लागि यी फोनहरू लक्षित गरेर ल्याइएको हो । जसबाट प्रतिसेकेन्ड ९ सय ६० मोमेन्टमा भिडियो खिच्न सक्छ । उदाहरणका लागि कुनै सामान खस्दै छ भने त्यसको फोटो लिन सक्छ । यस्तै गरी कम प्रकाशमा पनि स्पष्ट फोटो खिच्न सक्ने १ दशमलव ५ एपार्चरको प्रयोग गरिएको छ । त्यो अहिलेसम्म कुनै पनि मोबाइलमा प्रयोग गरिएको लेन्सभन्दा ठूलो हो । त्यसले गर्दा एकदम अँध्यारो अवस्थामा पनि गुणस्तरीय तथा चम्किलो फोटो खिच्न सक्छौँ । यसका अलावा हामीले अहिलेसम्म कुनै पनि स्मार्टफोनमा प्रयोग नभएको डुअल एपार्चरको प्रयोग एस–९ र एस–९ प्लसमा प्रयोग गरेका छौँ । जसमा एउटा एपार्चर १ दशमलव ५ र अर्को दुई दशमलव ४ को रहेको छ । यसले प्रकाशको अवस्थाअनुसार काम गर्छ ।

नेपालमा दुवै स्मार्टफोनका लागि कति मूल्य तोकिएको छ ?
हामीले एस–९ को मूल्य ९२ हजार ९ सय रुपैयाँ राखेका छौँ । यसैगरी, एस–९ प्लसको १ लाख चार हजार ९ सय रुपैयाँ राखिएको छ । तर, कुनै पनि ग्राहकले पसलमा गएर किन्दा ५ हजार रुपैयाँको तत्काल नगद छुट पाउनेछन् । जसले गर्दा एस–९ को मूल्य ८७ हजार ९ सय रुपैयाँ हुन आउँछ । यस्तै गरी एस–९ प्लसको ९९ हजार ९ सय रुपैयाँ पर्नेछ ।

कुनै छुट तथा अफर छ ?
हामीले यी दुवै डिभाइसको सोमबारदेखि अग्रिम बुकिङ खुला गरेका छाँै । आजदेखि मार्च २२ को बीचमा जसले अग्रिम बुकिङ गराउनेछन्, उनीहरूले सामसुङको एउटा वायरलेस चार्जर र ५ हजार रुपैयाँको निःशुल्क कुपन पनि पाउनेछन् । जसको माध्यमबाट ग्राहकले सामसुङका जुनसुकै उत्पादनहरू किन्नका लागि प्रयोग गर्न सकिन्छ । त्यसबाहेक हामीले एनसेलसँगको सहकार्यमा १२ हप्ताका लागि १२ हजार एमबी डाटा निःशुल्क रूपमा उपलब्ध गराइनेछ । यस्तै, एक वर्षको टुटफुट हुँदाको बिमा सुविधा पनि दिइनेछ । जसमा शिखर इन्स्योरेन्सको साथ रहेको छ । त्यसबाहेक हामीले अरूसँग पनि सहकार्य गरेका छौँ । टर्किस एयरलाइन्सको सहकार्यमा लक्की ड्रमार्फत एकजनालाई विश्वव्यापी रूपमा टिकट, काठमाडौं गेस्ट हाउसको ग्रुप अफ होटेलमा दुई रातका लागि पोखरामा रिसोर्टमा बस्न पाउने व्यवस्था पनि गरिएको छ । त्यसबाहेक बाँकी दुईजनालाई गेयर प्रो पनि दिँदै छौँ । यसबाहेक हामीले विभिन्न सेवा तथा उत्पादनमा लागू हुने गरी छुट कुपनसमेत उपलब्ध गराइनेछ । हामीले नेपालका लागि तोकिएको मूल्य अन्य कुनै पनि मुलुकमा भन्दा सस्तो बनाएका छौँ । दुवै मोबाइल नेपालमा खरिद गर्नेलाई १ सयदेखि १ सय ५० डलर सस्तो पर्न आउँछ । यस आधारमा हामी के अनुरोध गर्न चाहन्छौँ भने सामसुङका फ्ल्यागसिप डिभाइस अन्यत्रभन्दा नेपालमा सस्तो पर्न आउँछ ।

नेपालको सन्दर्भमा मूल्य बढी नै देखिन्छ । यस हिसाबले उच्च वर्गका बाहेक अन्य उपभोक्ताले खरिद गर्न चाहेमा कुनै विकल्प छ कि ?
अवश्य पनि हामीले मध्यम वर्गका उपभोक्ताले पनि हाम्रा उत्पादनहरू प्रयोग गर्न सकून् भनेर छुट्टै व्यवस्था गरेका छौँ । हामीले जुन किसिमका फिचरहरू उपलब्ध गराएका छौँ, त्यसको बजारमा अहिले अर्को कुनै पनि विकल्प छैन । त्यस हिसाबले ती उत्पादनको मूल्य केही महँगो त छ नै । मध्यम वर्गीय उपभोक्ताका लागि विभिन्न सातवटा बैंकसँग सहकार्य गरेका छौँ । जसमा उपभोक्ताले सजिलो प्रक्रियाबाट ऋण लिएर पनि खरिद गर्न सक्छन् ।

तपाईको प्रतिक्रिया