खुसी छु, त्यसैले फिट छु : भुवन केसी - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

खुसी छु, त्यसैले फिट छु : भुवन केसी

जति वेला निद्रा लाग्यो त्यतिवेला सुत्ने, जति वेला भोक लाग्यो त्यतिवेलै खाने गर्छु । जुस र फ्रुट पनि खाने गरेको छैन । त्यति मन पर्दैन, त्यसैले त्यस्तो चिजमा रुचि पनि छैन । कहिल्यै खाउँखाउँजस्तो पनि लाग्दैन । पानी भने दिनमा त्यस्तै डेढदेखि दुई लिटरसम्म पिउने गरेको छु ।

एक्सरसाइज गर्दिनँ
धेरैले सोच्छन् होला, फिट रहनका लागि भुवन केसीले एक्सरसाइज गर्छ होला । तर, एक्सरसाइजको कुरा मेरो मनमै आउँदैन ।

र, अहिलेसम्म एक्सरसाइज नै भनेर गरेको पनि छैन । म आफैँलाई अचम्म लाग्छ कि कुनै एक्सरसाइज नगर्दा पनि किन फिट छु ? यतिसम्मको आफू फिट नै हुन्छु भनेर कुनै पनि क्रियाकलाप गर्दिनँ । फिट मात्र होइन, म उत्तिकै स्वस्थ पनि छु ।

खानाको सेड्युल छैन
खाने, सुत्ने र उठ्ने मेरो कुनै सेड्युल छैन । भन्न त स्वस्थ रहनका लागि खानामा निकै सचेत रहनुपर्छ भन्छन् । तर, मैले जे भेट्यो त्यही खानेगरेको छु । यत्ति हो कि मलाई मन लाग्नु मात्र प-यो ।

सुटिङको समय त जीवन अस्तव्यस्त नै हुन्छ । सुटिङ स्पटमा हुँदा निकै व्यस्त भइन्छ । त्यसैले, जति वेला निद्रा लाग्यो त्यतिवेला सुत्ने, जति वेला भोक लाग्यो त्यतिवेलै खाने हुन्छ ।

जुस र फ्रुट पनि खाने गरेको छैन । मन पर्दैन, त्यसैले रुचि पनि छैन । कहिल्यै खाउँखाउँजस्तो पनि लाग्दैन । पानी भने दिनमा त्यस्तै डेढदेखि दुई लिटरसम्म पानी पिउने गरेको छु ।

खुसी छु, त्यसैले फिट छु
अहिलेसम्म त्यति ठूलो स्वास्थ्य समस्या देखिएको छैन । यसको एउटै कारण खुसी हो जस्तो लाग्छ । सबैले भन्छन्, ‘तपाईं जहिले पनि खुसी देखिनुहुन्छ ।’ हो, म त्यस्तै छु ।

एकपटकको जीवनमा दुःखी भएर के पाउनु छ र ? त्यसैले हाँसी नै रहन्छु । मनमा नकारात्मक सोच आउन दिँदैन र जहिले पनि खुसी हुने प्रयत्न गर्छु ।

कसैका बारेमा नराम्रो धारणा राख्दिनँ, त्यसैले पनि खुसी छु जस्तो लाग्छ । बरु मेरो कारणले अरूलाई दुःख नपरोस् भन्नेमा सधैँ सचेत रहन्छु ।

यस्तै, सकारात्मक सोचकै कारण म फिट छु जस्तो लाग्छ । धेरैले सोध्ने पनि गर्छन्, ‘तपार्इंको फिटनेस रहस्य के हो ?’ तर, यस्तो प्रश्न वेलावेला म आफूले आफैँलाई पनि गरिरहेको हुन्छु ।

सिटामोल मात्र थाहा छ
अरू कुरामा अव्यवस्थित भए पनि स्वास्थ्य जाँच भने गराइरहन्छु । दुई–तीन वर्षमा एकपटक पूर्ण स्वास्थ्य जाँच गराउँछु । तर, डाक्टरले जहिल्यै भन्नुहुन्छ, ‘तपार्इंको स्वास्थ्य एकदम पर्फेक्ट छ ।’

स्वास्थ्यमा त्यस्तो ठूलो समस्या आएको मलाई यादसम्म छैन । औषधिको नाममा सिटामोलबाहेक प्रयोग गरेको छैन ।

कहिलेकाहीँ हल्का ज्वरो आउँछ, टाउको दुख्छ त्यतिवेला सिटामोल खाएपश्चात निको भइहाल्छ । यस्तो लाग्छ कि दर्शकको आशीर्वादले नै म अहिलेसम्म स्वस्थ र फिट् छु ।

चुरोट अलि बढी नै पिउँछु
रक्सी त्यस्तो मात्तिने गरी खाने गरेको छैन । साथीभाइसँग भेट हुँदा सामान्यतया पिइन्छ । तर, लिमिटेड पिउने गरेको छु । चिया, चुरोटचाहिँ अलि बढी नै पिउने गरेको छु ।

अब अलि कम गरौँ कि भन्ने लागेको छ । तर, कहिलेदेखि कम गर्छु त्यो भने हेर्नै बाँकी छ । मैले खाएको चुरोटले अरूलाई बढी असर गर्ने भएकाले पनि घटाउन खोजेको छु ।

तपाईको प्रतिक्रिया