स्व. राईबारे स्मारिका - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

स्व. राईबारे स्मारिका

स्वर्गीय डा. रणशेर राईबारे लेखिएको स्मारिका विमोचन गरिएको छ । स्व. राईले परिकल्पना गरेबमोजिम प्रदेश नम्बर एकलाई नमुना प्रदेश बनाउने मुख्यमन्त्री शेरधन राईले विमोचन कार्यक्रममै प्रतिबद्धता गरेका छन् ।

स्व. रणशेर राईले शिक्षा र स्वास्थ्यमा पु-याएको योगदानबारे पनि मुख्यमन्त्री राईले स्मरण गरे । ‘उदाहरणीय समाजसेवी स्वर्गीय राईले परिकल्पना गरेको शिक्षित, स्वस्थ समाज बनाउने कार्यको म पूरा गर्ने प्रतिबद्धता गर्दछु,’ मुख्यमन्त्री राईले भने ।

स्व.डा. राईको ९२औँ जन्मजयन्तीको अवसरमा स्मारिका विमोचन गरिएको हो । स्मारिका विमोचन कार्यक्रममा अर्थोपेडिक्स प्रा.डा. कृष्ण गिरीले स्व.डा. रणशेर राईले बेलायती सेनामा रहँदा आर्जन गरेको ज्ञान र सीपलाई स्वदेश फर्केपछि प्रयोग गरी चिकित्सा क्षेत्रमा योगदान पु-याएको बताए ।

उनले खोटाङ, उदयपुर तथा आसपासका जिल्लामा आधुनिक चिकित्सा सेवामार्फत र विद्यालय स्थापना गरी शिक्षा क्षेत्रमा गरेको अतुलनीय योगदान स्मरण गरियो । स्व.डा. राई लाइसेन्स इन मेडिकल प्राक्टिस (एलएमपी) दीक्षित हुन् ।

स्मारिकामा स्व.डा. राईले स्वास्थ्य र शिक्षाको क्षेत्रमा गरेको योगदानबारेका सामग्री समेटिएका छन् । पुस्तकमा राईको व्यक्तित्वबारे उनका सहकर्मीहरूले संस्मरण, लेख तथा कविता लेखेका छन् ।

स्मारिका प्रकाशनबारे स्व.डा. रणशेर राई स्मृति अक्षयकोषका अध्यक्ष तथा स्व.डा. रणशेर राईका छोरा महेन्द्र राईले भने, ‘उहाँले गर्नुभएको कामको उच्च सम्मान होस् र भावी पुस्तालाई पनि काम गर्न प्रेरणा मिलोस् भनेर स्मारिका प्रकाशन गरेका हौँ ।’

तपाईको प्रतिक्रिया