केटिएमको पहिलो अरेन्ज स्टन्ट - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

केटिएमको पहिलो अरेन्ज स्टन्ट

अस्ट्रेलियामा उत्पादित क्राफ्टफहजेगु ट्रंकेन्पोल्ज माटिघोफेन (केटिएम)ले पहिलोपटक नेपालमा अरेन्ट स्टन्ट ‘रोरिङ गेयर्स’ आयोजना गरेको छ । युरोपकै नम्बर एक बाइन ब्रान्डका रूपमा रहेको केटिएमलाई नेपालमा हंसराज हुलास चन्द एन्ड कम्पनीले लन्च गरेको हो । सातदोबाटोस्थित स्विमिङपुलमा भएको स्टन्टमा २२ वर्षीय भीम होनाले उपाधि जिते । दोस्रो स्थानमा राम सरदार र तेस्रो स्थानमा रमेश दुवाल छन् ।

सो स्टन्ट कार्यक्रममा केटिएमका आधिकारिक स्टन्ट राइडर स्लोभेनियाका रोक बगारोजले पनि आफ्नो प्रस्तुति दिएका थिए । उनले प्रतिस्पर्धामा निर्णायकको पनि भूमिका निर्वाह गरे । सामारोहमा नयाँ ग्राफिक्सको केटिएम ३९० डुकको प्रदर्शन पनि रोकले नै गरेका थिए । रोकले नेपाली राइडरहरूबाट धेरै कुरा सिकेको बताए ।

स्विमिङपुलमा रोकको प्रदर्शन हेर्न ठूलो भिड लागेको थियो । रोकले आफ्ना समर्थकलाई निराश पारेनन् । ‘मैले यहाँ यति धेरै समर्थक प्रदर्शन हेर्न आउने विश्वास नै गरेको थिइनँ,’ रोकले भने, ‘पाँच हजार प्रशंसकको उपस्थितिले मलाई हर्षित र उत्साहित बनाएको छ ।’

तपाईको प्रतिक्रिया