अपडेट– मेयर चौधरीलार्इ थप उपचार गर्न काेहलपुर लगिँदै - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

अपडेट– मेयर चौधरीलार्इ थप उपचार गर्न काेहलपुर लगिँदै

 कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीलार्इ थप उपचारका लागि अहिले बाँकेकाे काेहलपुर लगिँदैछ ।

सुख्खड बजारमा रहेको घरमै बसिरहेका वेला अाज बेलुकी सवा ८ बजेतिर मेयर चौधरीमाथि अाक्रमण भएकाे थियाे ।

अाक्रमणकारीले चौधरीको कम्मरमा गाेली प्रहार गरेका छन् भने टाउकाे, हात र खुट्टामा खुकुरी प्रहार गरेका छन् ।

मेयर चाैधरीमाथि गोली र खुकुरी प्रहार भएकाे जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विनोद शर्मा घिमिरेले बताए ।

अाक्रमणलगत्तै उपचारका लागि घोडाघोडी अस्पतालमा भर्ना गरिएकाे थियाे । तर, अवस्था गम्भीर रहेकाले घाेडाघाेडी अस्पतालले कोहलपुर मेडिकल कलेज बाँकेमा रिफर गरेकाे हाे ।

सुख्खडमै गत बिहीबार एक १८ वर्षीया छात्रालार्इ बाेक्सीकाे अाराेपमा  ६ घण्टासम्म कुटपिट गर्ने भाेलेबाबा भनिने रामबहादुर चाैधरीलार्इ प्रहरीबाट छुटाउन मेयर चाैधरीले दबाब दिएकाे खबर सार्वजनिक भएकाे थियाे ।

तपाईको प्रतिक्रिया