सरितको ऋतु फेरिँदै जान्छ - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

सरितको ऋतु फेरिँदै जान्छ

इन्द्रकुमार श्रेष्ठ सरित् नेपाली साहित्यमा परिचित नाम हो । गीत, गजल, कविता, कथा, उपन्यास, संस्मरणलगायत विधामा कलम चलाउने साहित्यकार सरितको हालै ‘ऋतु फेरिँदै जान्छ’ कथासंग्रह प्रकाशनमा आएको छ ।

यसअघि पाँचवटा कथासंग्रह प्रकाशन गरिसकेका सरितको नयाँ प्रकाशित संग्रहमा २५ वटा कथा समेटिएका छन् ।

रत्न पुस्तक भण्डारले प्रकाशन गरको ऋतु फेरिँदै जान्छमा समेटिएका अधिकांश कथा २०६० सालयता लेखिएका हुन् ।

यसअघि प्रकाशित सरितका कथासंग्रहमा माया प्रेम र सामाजिक यथार्थवादी कथा समेटिएका छन् । उनले ऋतु फेरिँदै जान्छ संग्रहमा पहिलेको तुलनामा फरक कथा अटाइएका छन् ।

कथाको पृष्ठभूमि जनआन्दोलन र जनयुद्ध बनेको छ । कथाले सरितको लेखनीमा आएको वैचारिक परिवर्तनलाई प्रतिनिधित्व गरेको छ ।

शीर्ष कथा ऋतु फेरिँदै जान्छमा समाजमा व्याप्त जातपात र छुवाछुतको विषयलाई उजागर गरिएको छ ।

विचारका दृष्टिले संग्रहमा रहेका कथाले प्रगतिवादी विचारको पृष्ठपोषण गरेको पाइन्छ । कथाकार इन्द्रकुमारले कथामार्फत सामाजिक परिवर्तन र सांस्कृतिक रूपान्तरणको स्वरलाई दह्रो गरी उठाएका छन् ।

तपाईको प्रतिक्रिया