भन्सार नाका बन्द हुँदा दैनिक उपभोग्य वस्तुको अभाव - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

भन्सार नाका बन्द हुँदा दैनिक उपभोग्य वस्तुको अभाव

जलेश्वर भन्सार नाका हुँदै विगत तीन दिनदेखि भारतबाट मालवाहक सवारी नेपाल भित्रिएका छैनन् । भारतबाट मालवाहक सवारी नआउँदा नेपाली बजारमा मालसामान तथा इन्धनको अभाव भएको छ ।

महोत्तरीसहित धनुषा, सिन्धुलीलगायतका जिल्लामा पनि जलेश्वर नाका हुँदै मालसामान आउने गर्छ ।

भन्सार नाका बन्द हुँदा भारतीय भूमिमा सयौँको संख्यामा इन्धनसहितका सामग्री बोकेका सवारीसाधन तीन–चार दिनदेखि रोकिएका छन् ।

भारतीय भन्सार कार्यालयमा जडान भएको नयाँ सफ्टवेरसहितको प्रविधि सञ्चालन गर्ने जनशक्ति नहुँदा भारतबाट मालसामान नेपाल भित्रिन नसकेको स्रोतले जनाएको छ ।

चाँडै भन्सार खुलाउने प्रयास
मलिबारास्थित जलेश्वर भन्सार कार्यालयका प्रमुख केशव भण्डारीले भन्सारमा भएको समस्या समाधान गरी मालवाहक सवारी नेपाल पठाउन भारतीय अधिकारीलाई अनुरोध गरिएको बताए ।

भण्डारीका अनुसार भारतीय पक्षले जतिसक्दो चाँडो भन्सारलाई नियमित गर्ने बताएको छ ।

भारतबाट आलु प्याज, टमाटरलगायतका चाँडै बिग्रिने खाद्यान्न पनि आउने भएकाले धेरै दिन भन्सार नाका बन्द हुँदा नोक्सान हुनेतर्फ नेपाली पक्षले भारतीय अधिकारीको ध्यानाकर्षण गराएको छ ।

भारतीय नाका बन्द हुँदा महोत्तरीसहित आसपासका जिल्लामा विभिन्न सामग्रीको अभाव हुन थालेको स्थानीयवासीले बताएका छन् । सामानको अभाव भएसँगै मूल्य पनि बढेको छ ।

तपाईको प्रतिक्रिया