उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिता-२०७४ सम्पन्न - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिता-२०७४ सम्पन्न

प्रथम उपत्याकाव्यापी तेक्वान्दो प्रतियोगिताको उपाधी इयर्ली चाइल्ड डेभलपमेन्ट सेन्टर (इसिडिसी)ले हात पारेको छ । न्यू जावलाखेल तेक्वान्दो डोजाङद्धारा आयोजित प्रथम उपत्याकाव्यापी प्रतियोगितामा सहभागी १५ टिमलाई पछाडि पार्दै इसिडिसीले उपाधी चुम्न सफल भएको हो । ललितपुर, भक्तपुर र काठमाडौंका १५ टिमका २०० जना खेलाडीबीच सम्पन्न भएको सो प्रतियोगितामा ४ स्वर्ण १ रजत सहित इसिडिसी टिम प्रथम बन्न सफल भयो ।

यस्तै तीन स्वर्ण, २ रजत र १ कास्य सहित आयोजक न्यु जावलाखेल तेक्वान्दो डोजाङले दोस्रो स्थान सुरक्षित गर्दा दुई स्वर्ण र १ रजत सहित गोदावरी फिटनेस ऐकेडेमीले तेस्रो स्थान हात पारेको छ ।
सो कार्यक्रम ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्यालको प्रमुख आतित्थमा सम्पन्न भएको छ । सो प्र्रतियोगितामा गोदावरी फिटनेसका आशिष थापाले उत्कृष्ट पुरुष र न्यु जावलाखेलकी सोनी लामा उत्कृष्ट महिला खेलाडी घोषित भए ।

उक्त डोजाङले १२ औं अन्तराष्टिय खुल्ला फ्रेण्डसिप मैत्री तेक्वान्दो प्रतियोगितामा पदक जित्न सफल खेलाडी रजिन सिं, अनुपम गौतम र निशा दर्नाललाई ताम्रपत्रसहित सम्मान गरेको छ ।

त्यसैगरी क्यानाडामा भएको टोरोन्टो ओपन तेक्वान्दो प्रतियोगितामा स्वर्ण जित्न सफल राष्ट्रिय खेलाडी यानकुमारी चौलागाईँलाई समेत ताम्र पत्रले सम्मान गरिएको आयोजक निरोज गौतमले जनाए ।

सो कार्यक्रममा कांग्रेस ललितपुर क्षेत्र नम्बर १ का क्षेत्रीय सचिव सुन्दर तामाङ, ललितपुर जिल्ला तोक्वान्दो कार्यसमितिको अध्यक्ष मणिराज विष्ट, सचिव रमेश विष्ट, अन्तराष्ट्रिय खेलाडी अनुज पूजारी, अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक हीराबहादुर थापा, नेपाल तेक्वाक्दो संघ प्रदेश नम्बर तीनका उपाध्यक्ष प्रकाश खड्गी लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

तेक्वान्दो खेलमा आफ्नो अलग्यै पहिचान बनाउदै आएको र सामाजिक कर्ममा समेत सक्रिय न्यु जावालाखेल तेक्वान्दो डोजाङले आगामी दिनमा यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने आयोजकमध्यका एक निरोज गौतमले बताए ।

तपाईको प्रतिक्रिया