होमियोप्याथीमा बिरामीको उपचार - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

होमियोप्याथीमा बिरामीको उपचार

 

तपाईंले आफ्नो कुनै रोगको उपचारका लागि होमियोप्याथिक चिकित्सकसँग अपोइन्टमेन्ट लिनुभएको छ भने निम्न कुरामा ध्यान दिनुपर्ने हुन्छ :

डा. ललितकुमार मिश्र होमियोप्याथिक कन्सल्टेन्ट

उत्तरका आधारमा उपचार
होमियोप्याथीमा कुनै रोगको नाममा मात्र औषधि उपलब्ध गराइँदैन । यस्तो चिकित्सा पद्धतिमा बिरामीका लक्षणका आधारमा उपचार गरिन्छ । त्यसैले निको हुने आशा नगरिएका बिरामीलाई पनि होमियोप्याथीले ठीक गरेका उदाहरण प्रशस्त छन् ।

एउटा कुशल होमियोप्याथिक चिकित्सकले रोग निदानका क्रममा विभिन्न प्रश्न सोध्ने गर्छन् । र, बिरामीको उत्तरअनुसार औषधि चयन गरिन्छ ।

त्यसैले सही उपचारका लागि बिरामीले चिकित्सकका प्रश्नको खुलस्त जवाफ दिनुपर्छ । आफूले भोगिरहेका शारीरिक, मानसिक एवं भावनात्मक अवस्थाहरू पनि खुलेर भन्न जरुरी हुन्छ ।

सही उपचारका लागि विगतमा आफूलाई भएका रोगबारे भन्न पनि छुटाउनु हुँदैन । किनकि, होमियोप्याथीमा रोगलाई मात्र होइन, रोगीलाई नै पूर्णतया उपचार गर्ने प्रयास गरिन्छ ।

मेडिकल हिस्ट्री ?
होमियोप्याथिक उपचार पद्धतिमा मेडिकल हिस्ट्री पनि सूक्ष्म तवरबाट हेरिन्छ । यसबाट कुन रोग लगेको अवस्थामा कस्ता औषधि प्रयोग गरिएको छ भन्ने पनि अध्ययन गरिन्छ । यसबाट मुख्य रोगको औषधिले कुनै साइड इफेक्ट पारे/नपारेकोबारे पनि पत्ता लगाइन्छ ।

बाल्यावस्थादेखि नै औषधोपचार गर्नुपरेको छ भने सेक्ससनबाट रोगको कारण र उपचारका क्रममा गलत औषधि प्रयोग भए/नभएको पत्ता लगाइन्छ ।

यसबाट आगामी दिनमा रोगीलाई कुनै गम्भीर प्रकृतिको रोग लाग्न सक्छ/सक्दैन भन्ने कुरा पनि पत्ता लगाइन्छ ।

मेडिकल हिस्ट्रीमा परिवारका सदस्यमा भएको रोगबारे पनि सोधिन्छ । यसबाट वंशाणुगत कारणले रोग लागे/नलागेको पत्ता लगाइन्छ ।

शारीरिक लक्षण
होमियोप्याथिक उपचारका लागि भोक, कुनै पनि कुरामा रुचि÷अरुचिबारे सोधिन्छ ।
प्यास लाग्ने/नलाग्नेबारे जानकारी लिइन्छ ।

मन पर्ने र नपर्ने खानेकुराबारे प्रश्न गरिन्छ ।

त्यस्तै पिसाब, दिसा, पसिना, मुखको स्वाद, निद्रा र सपनाबारे पनि बुझिन्छ ।

रोग लागेको स्थान, मौसमअनुसार शरीरमा पर्ने असरबारे जानकारी लिइन्छ । त्यस्तै धुलो, धुवाँ, माटो आदिबाट स्वास्थ्यमा देखिने समस्याबारे पनि सोधिन्छ ।

मानसिक लक्षण
यस सेक्सनमा रोगीको बानी, व्यवहार, सामाजिक तथा पारिवारिक अवस्था, रिस, राग, द्वेष, हाँस्ने, रुने, डर, त्रास, भय, निद्रा, सपना आदिबारे जानकारी लिइन्छ ।

बाल्यावस्थामा रोगीको स्वभाव
बाल्यावस्थाको स्वभावबाट भौतिक परिस्थितिको प्रभावले रोगीमा पर्ने असरबारे जान्ने प्रयास गरिन्छ । यस्ता विषय मुख्य रोगसँग जोडिएका पनि हुन सक्छन् ।

यस्तो परीक्षणबाट रोगीको वर्तमान र बच्पनको स्वभावबारे तुलना गरिन्छ । जसले औषधिको छनोटमा महत्वपूर्ण भूमिका खेल्छ ।

औषधि चयन
रोगीको मानसिक, शारीरिक एवं परिस्थितिजन्य भौतिक लक्षणका आधारमा औषधि निर्धारण गरिन्छ ।

औषधिको शक्ति
रोगीको शारीरिक एवं मानसिक लक्षणका आधारमा होमियोप्याथिक औषधिको चयन गरिन्छ । र, बिरामीको अवस्था, उमेर, रोगको गम्भीरताका आधारमा औषधिको शक्ति पनि निर्धारण गरिन्छ ।

तपाईको प्रतिक्रिया