नर्भिकका दुई चिकित्सक निलम्बित - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

नर्भिकका दुई चिकित्सक निलम्बित

नेपाल मेडिकल काउन्सिलले नर्भिक अस्पतालका दुई चिकित्सकलाई कारबाही गरेको छ । काउन्सिलको इथिकल कमिटीले गरेको छानबिनका क्रममा देब्रे खुट्टाको शल्यक्रिया गर्नुपर्नेमा दाहिने खुट्टाको शल्यक्रिया गरेपछि काउन्सिलले एक महिनाका लागि उनीहरूलाई निलम्बन गरेको हो ।

चितवनकी ३२ वर्षीया विन्दु पौडेलको ११ फागुनमा देब्रे घुँडाको शल्यक्रिया गर्नुपर्नेमा नर्भिक अस्पतालका डा. प्रवीण नेपाल र डा. शैलज रञ्जितकारले दाहिने खुट्टाको अप्रेसन गरेका थिए । ‘बिरामीको उपचारमा गम्भीर लापरबाही गरेको पुष्टि भएपछि उनीहरूलाई एक महिनाको सजायसहित निलम्बित गरेका हौँ ।

अब उनीहरूले एक महिनासम्म कुनै पनि चिकित्सकीय अभ्यास गर्न पाउँदैनन्,’ काउन्सिलका रजिस्ट्रार डा. दिलीप शर्माले भने । काउन्सिलको शनिबारको बोर्ड बैठकले चिकित्सकद्वयलाई निलम्बन गरेको हो । चिकित्सकद्वय नेपाल र रञ्जितकारले आफूलाई कारबाही नगर्न आग्रह गरे पनि काउन्सिलले गलत नजिर बस्ने भन्दै कारबाही गरेको हो । काउन्सिलले बिरामी पक्षसँग भएको सहमति, बिरामीको मेडिकल रिपोर्टलगायत अन्य विविध विषयमा अनुसन्धान गरेको थियो ।

तपाईको प्रतिक्रिया