अफगानिस्तान सामु नेपालको १९५ रनको लक्ष्य - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

अफगानिस्तान सामु नेपालको १९५ रनको लक्ष्य

विश्वकप छनोटमा नेपालले अफगानिस्तानलाई १९५ रनको चुनौती दिएको छ । टस जितेर ब्याटिङ राेजेको नेपालले सबै ओभरको अन्तिम बल खेल्नु अघि नै अल आउट हुँदै १९४ रन बनाएको हो ।

जिम्बावेको बुलावायोस्थित एथ्लेटिक क्लबको मैदानमा जारी खेलमा नेपालले आफ्नो सुरुवाती विकेटको रुपमा अनिल शाहलाई गुमाएको थियो । अनिल चौथो ओभरको अन्तिम बलमा ७ रन जोड्दै आउट भएका हुन् । त्यस्तै दोस्रो विकेटमा नेपालले ज्ञानेन्द्र मल्ललाई गुमाउन पुग्यो भने कप्तान पारस खड्का ८२ बलमा ७५ रन जोड्दै आउट भएका थिए ।

चौथो विकेटका रुपमा रोहितकुमार पौडेल एक रनमै आउट भए । उनलाई मोहम्मद नाबीको बलमा शराफउद्दीन अश्रफले पौडेललाई क्याच आउट गरेका हुन् ।

पाँचौ विकेटको रुपमा दिपेन्द्रसिंह ऐरी ४१ बलमा ३ चौका र १ छक्का हान्दै ३२ रन बनाएर आउट भएका हुन् भने नेपालको छैटौं र सातौं विकेटको रुपमा आरिफ सेख र सोमपाल कामी आउट भए । ३६ बलमा ३ चौकासहित २३ रन बनाएका आरिफ आउट भए लगत्तै सोमपाल कामी पनि ९ रनमा आउट भए । उनीहरु दुबैजनालाई मोहम्मद नाबीले आउट गरेका हुन । आठौं विकेटको रुपमा करण केसी ६ रनमा आउट भए । सन्दीप लामिछाने र ललित राजवंशी शून्य रनमा नै आउट भए ।

प्रतियोगितामा दुवै राष्ट्रले अहिलेसम्म जित निकाल्न सकेका छैनन् । अफगानिस्तानले तीन र नेपालले दुई खेलमा हारको सामना गरेका छन् । प्रतियोगिताको दाबेदार टोलीमध्ये एक अफगानिस्तान खराब फर्ममा गुज्रिरहेको छ । गणितीय आधारमा नेपालको सुपर सिक्स पुग्ने सम्भावना छ । दुवैले ‘गर या मर’का रूपमा प्रतिस्पर्धा गर्नेछन् ।

तपाईको प्रतिक्रिया