माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीलाई पितृशोक - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीलाई पितृशोक

माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीलाई पितृशोक परेको छ । रायमाझीका बुबा बिनबहादुर रायमाझीको ८१ वर्षको उमेरमा बुधबार साँझ साढे ६ बजे आफ्नै निवास सन्धिखर्क–९, अर्घाको खाडमा निधन भएको हो । उनका श्रीमति, दुई छोरा र दुई छोरी छन् ।

उनलाई विगत १० वर्षदेखि मुटुसम्बन्धी समस्या रहेको सन्धिखर्क नगरपालिकाका उपमेयर ठाकुर विकले जानकारी दिए । उनको सन्धिखर्कस्थित रुक्दी भन्ने स्थानमा दाहसंस्कार गरिएको छ ।

टोपबहादुर रायमाझी प्रतिनिधिसभा सदस्यमा अर्घाखाँचीबाट निर्वाचित सांसद हुन् । उनी उपप्रधानमन्त्री समेत भइसकेका छन् ।

तपाईको प्रतिक्रिया