चर्चित गायक उदितनारायण झा सप्तरीमा एक साता बस्ने - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

चर्चित गायक उदितनारायण झा सप्तरीमा एक साता बस्ने

चर्चित गायक उदीतनारायण झा करिब दुई दशकपछि आफ्नो जन्मस्थल सप्तरीको भारदह आएका छन् ।

झा संगै जेठी पत्नी रञ्जना झा पनि आएकी छिन् । झा करिब एक साता सप्तरी बस्ने पारिबारिक श्रोतले जनाएको छ ।

झा गायन पेशामा लागेर लामो समयदेखि भारतमा बस्दै आए पनि उनका दाजुभाइ भारदहमै बसिरहेका छन् ।

बलिउडमा जमेपछि दीपा झासँग दोस्रो विवाह गरे लगत्तै जेठी पत्नी रञ्जनासँग उनको सम्बन्ध चिसिएको थियो । हाल दुबैको सम्बन्ध सुमधुर भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनी भारदहमा एक हप्ता बस्ने छन् । उनले आफ्ना पुराना सबै साथीभाईसँग भेटघाट गर्ने बताएका छन् । जन्मे हुर्केको ठाँउको अत्यन्त माया लागेको भन्दै आफ्नो गाउँमा धेरै दिनपछि आएकोमा निकै खुशि लागेको उनले बताए ।

झा गाउँ आउने बित्तिकै पहिला भारदहस्थित कंकालनी मन्दिरमा पूजा गरेका छन् ।

यस अघि झा आफ्नो मामा घर भारत बिहारको सुपौलमा केहि दिन आएर बसेका थिए । उनी नितान्त भेटघाटका लागि कार्यक्षेत्र छोडर केहि दिनका लागी जन्म ठाउँ आएका हुन् ।

तपाईको प्रतिक्रिया