अष्टमी गुरुङ प्रकरण के सेलाएको हो ? - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

अष्टमी गुरुङ प्रकरण के सेलाएको हो ?

वैदेशिक रोजगारीको शिलशिलामा युएईमा रहेका वेला कम्पनीको सुपरभाइजरबाट बलात्कार भएको र त्यसपश्चात आत्महत्या गर्नुपरेको भन्ने भिडियो सार्वजनिक भएपछि दोषीलाई कारवाही प्रक्रिया निरन्तरअगाडि बढिरहेको नेपाली दूतावास युएईका द्वितीयसचिव कृष्ण अर्यालले बताएका छन् ।

उनका अनुसार अष्टमीले आफ्नो आत्महत्यापूर्व रेकर्ड गराएको भिडियोमा आरोपित व्यक्तिहरूलाई स्थानीय प्रशासनले हिरासतमा लिएको थियो ।

अहिले युएईको अदालतमा मुद्दा दर्ता भएको छ । युएई सरकारवादीको रूपमा रहेर मुद्दा दर्ता भएको छ ।

मुख्यआरोपी अष्टमीको कम्पनीमा कार्यरत बंगलादेशी नागरिकलाई युएई प्रशासनले पासपोर्ट र दश हजार युएई दिहराम धरौटी राखी मुद्दा नसकिएसम्म युएई बाहिर जान नसक्ने गरी राखेको अर्यालले नयाँ पत्रिकालाई बताए ।

उनले भिडियोको आधारमा सरकारवादी भएर मुद्दाअगाडि बढेकाले अन्तिम सुनुवाई हुन केही समय लाग्नसक्ने बताए ।

नोभेम्बर ४ का दिन आत्महत्या गरेकी गुरुङको शव १४ दिनपछि नेपाल लगेर अन्तिम संस्कार गरिएको थियो । तर, गुरुङले प्रयोग गर्ने मोवाइलमा उनका भाइले भिडियो भेटेपछि भिडियो बाहिर आएको थियो ।

स्थानीय गुरुङ भाषामा अष्टमीले आफूलाई कम्पनीमा कार्यरत सुपरभाइजरले बलात्कार गरेको कुरा बताएकी थिइन् ।

आफू बलत्कृत भएको, सबैकुरा गुमेको भन्दै बुबा–आमासँग माफी मागेको भिडियोमा देखिएको थियो ।

भिडियो सार्वजानिक भएलगत्तै नेपाली दूतावास युएईले दोषीलाई कारबाहीको प्रक्रिया सुरु गरेको थियो ।

उनी करिब २ वर्ष पहिले काठमाडौंमा रहेको प्यारामाउन्ट म्यानपावर प्रालिबाट अबुधावीमा रहेको अरेबियन गल्फ क्लिनिङ कम्पनीमा रोजगारीको लागि आएकी थिइन् ।

तपाईको प्रतिक्रिया