सरकारले पूर्णता पाउँदै, कुन मन्त्रालय कस्को भागमा ? - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

सरकारले पूर्णता पाउँदै, कुन मन्त्रालय कस्को भागमा ?

केपी शर्मा ओली नेतृत्वको वाम गठबन्धन सरकारले भोलिसम्म पूर्णता पाउने भएको छ । मन्त्रालय बाँडफाडमा सहमति जुटेसँगै सरकार बिस्तारको बाटो खुलेको हो ।

सरकारमा जाने मन्त्री र मन्त्रालय टुङ्गो लगाउन माओवादी केन्द्रको पूर्व हेडक्वाटर सदस्यहरुको बैठक अध्यक्ष प्रचण्ड निवास खुमलटारमा जारी छ । माओवादीबाट सरकारमा जाने मन्त्रीको टुङ्गो लागेपछि शुक्रबार सपथ ग्रहण गराउने तयारीमा जुटेको छ ।

एमालेको भागमा परेका मन्त्रालय

  • अर्थ तथा योजना
  • परराष्ट्र
  • रक्षा
  • भौतिक पूर्वाधार तथा यातायात
  • संघीय मामिला तथा सामान्य प्रशासन
  • सूचना सञ्चार
  • कानुन, न्याय तथा संसदीय मामिला
  • पर्ययन
  • शिक्षा तथा खेलकुद
  • स्वास्थ्य तथा जनसंख्या

माओवादीको भागमा परेका मन्त्रालय

  • गृह
  • जलस्रोत तथा ऊर्जा
  • उद्योग, वाणिज्य तथा आपूर्ति
  • शहरी विकास, आवास खानेपानी तथा सरसफाइ
  • वन तथा वातावरण
  • कृषि, सहकारी तथा भूमि व्यवस्थापन
  • श्रम तथा रोजगार तथा महिला बालवालिका

एक मन्त्रालय संघीय समाजवादी फोरमलाई दिने तयारी छ । फोरम सरकारमा आउँन सकारात्मक भएपछि एक मन्त्रालय दिने तयारी गरिएको हो । ओली नेतृत्वकाे सरकारले कुल १८ मन्त्रालय बनाउने तयारी गरेको छ । एमालेले सुर्य चिन्हमा चुनाव लिई स्वतन्त्र लडेका हृदेश त्रिपाठीलाई पनि मन्त्री बनाउने तयारी भइरहेको श्रोतले बताएको छ ।

तपाईको प्रतिक्रिया