संघियताको जग बसाल्छु : मुख्यमन्त्री भट्ट - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

संघियताको जग बसाल्छु : मुख्यमन्त्री भट्ट

७ नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो पहिलो कर्तव्य संघियताको जग बसाल्ने बताएका छन् । कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा आयोजित प्रदेशस्तरिय औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सवको समापन कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले संघियताको जग बसाले मात्रै सम्वृद्धि र विकास हुने भएकाले आफ्नो पहिलो जोड यसमा रहने बताए ।

लामो समयदेखि नेपाली जनताले गरेको त्याग, तपस्या, वलिदान र जनयुद्धबाट प्राप्त संघियता कार्यान्वयनमा चुनौती रहेको भन्दै उनले त्यसका लागि सबै क्षेत्रले संघीयता कार्यान्वयनका लागि साथ सर्मथन दिनुपर्ने धारणा व्यक्त गरे ।

सिंहदरबारको अधिकार जनताको घरदैलोमा पुगिसकेको बताउँदै उनलेले अघिकार उपभोगका लागि संघियता कार्यान्वयन हुनुपर्नेमा जोड दिए । ‘संघीयता कार्यान्वयन भए, जुन हिजोसम्म हुन नसकेका काम पुरा हुन्छन्, ‘मुख्यमन्त्री भट्टले भने, ‘संघियता कार्यान्वयनका लागि जनताको साथ सर्मथन चाहिन्छ ।’ जनताले वर्तमान व्यवस्थाबाट धेरै अपेक्षा लिएको भन्दै अपेक्षा अनुसार काम गर्न जनप्रतिनिधीलाई थुप्रै चुनौती रहेको बताए ।

एकात्मक राज्य व्यवस्थाबाट उपेक्षित ७ नम्बर प्रदेशका प्रसस्तै प्राकृति स्रोत साधन भएकाले त्यसको सदुपयोग गर्दै आर्थिक विकास गर्ने समेत मुख्यमन्त्री भट्टले बताए । त्यतातिर लगानी गर्नुपर्नेमा उनले जोडदिदै, उत्पादनका लगानी गर्न समेत स्थानीय उद्योगीसंग आग्रह गरे । भ्रष्टाचार रोक्न नसके विकास हुन नसक्ने बताउदै मुख्यमन्त्री भट्टले विकास र सम्बृद्धिका लागि भ्रष्टाचार सुन्यतामा झार्ने बताए ।

 

भ्रष्टाचार रोक्न नसके विकास हुन नसक्ने बताउदै मुख्यमन्त्री भट्टले विकास र सम्बृद्धिका लागि भ्रष्टाचार सुन्यतामा झार्ने बताए ।

 

मुख्यमन्त्री भट्टले पश्चिमसेती स्वदेशी लगानीबाट संचालन जोडदिए । ७ नम्बर प्रदेशका पर्यटन, उद्योग, जटिबुटी, कृषि क्षेत्रमा थुप्रै सम्भावना भएकाले त्यसको सदुपयोग गर्ने समेत बचनदिए । तीनैवटै सरकार बनिसकेको परिवेक्ष्यमा प्रदेश सरकारले पनि कानुन बनाएर प्रदेशको सम्बृद्धि र विकासका लागि योजना बनाउने मुख्यमन्त्री भट्टले बताए ।

केन्द्र सरकारबाट संचालित योजनाहरुलाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता जाहेर गर्दै मुख्यमन्त्री भट्टले महाकालीमा पुल, सुक्का बन्दरगाह, लगायत सडकका योजनालाई निरन्तरता दिने बताए ।

तपाईको प्रतिक्रिया