राेमाञ्चक म्याचमा नेपालले हरायाे क्यानडालार्इ, करण बने नायक, विश्वकप छनाेट खेल्ने पक्का - Naya Patrika
eNaya Patrika
  • ePaper

राेमाञ्चक म्याचमा नेपालले हरायाे क्यानडालार्इ, करण बने नायक, विश्वकप छनाेट खेल्ने पक्का

आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू मा गर या मरकाे अवस्थामा रहेकाे नेपालले राेमाञ्चक म्याचमा क्यानडालार्इ पराजित गरेकाे छ ।

अन्तिम ब्याट्सम्यानका रूपमा रहेका करण केसी र सुन्दीप लामिछानेले अविजीत रहँदै नेपाललार्इ एक विकेटकाे जित दिलाए ।


क्यानडालार्इ जितेसँगै नेपाल शीर्ष स्थानमा पुगेकाे छ भने विश्वकप छनाेटका लागि छानिएकाे छ । एक समय पराजयकाे सम्मुख पुगेकाे नेपाललार्इ करण केसीले बचाए । अाक्रामक क्रिकेट खेलेका उनले ४ छक्का र ३ चाैकाकाे मद्दतले ३१ बलमा ४२ रन बनाए । मुख्य ब्याट्सम्यानहरू सस्तैमा अाउट भएकाे खेलमा करणले नाटकीय इनिङ खेले ।

तपाईको प्रतिक्रिया