सुस्त मनस्थितिकी बालिका बलात्कृत, लामा पक्राउ - Naya Patrika
eNaya Patrika
  • ePaper

सुस्त मनस्थितिकी बालिका बलात्कृत, लामा पक्राउ

राइनस नगरपालिका बस्ने ११ वर्षीया सुस्त मनस्थितीकी (बोल्न नसक्ने) बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बनेपा धुलीखेल स्थायी घर भई हाल राइनस न.पा ६ मा बस्दै आएका ५६ वर्षीय ज्ञान बहादुर लामा पक्राउ परेका छन् ।

लामा ३० वर्षदेखि लमजुङमा ज्यामी काम गर्दै आएका थिए । मंगलबार दिँउसो राइनस नगरपालिका ६ स्थित खरबारीमा लगेर बालिकालाई बलात्कार गरेको पीडित परिवारले बताएको छ

लामालाई कारवाहीका लागि जवरजस्ती करणी ऐन अन्र्तगत मुद्धा दायर गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायव उपरिक्षक पदम बहादुर विष्टले बताए । आरोपी लामाले मादकपदार्थ सेवन गरेको प्रनाउ विष्टले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु