प्रदेश ४ को सभामुखमा नेत्रनाथ अधिकारी निर्विरोध - Naya Patrika
eNaya Patrika
  • ePaper

प्रदेश ४ को सभामुखमा नेत्रनाथ अधिकारी निर्विरोध

प्रदेश ४ को सभामुखमा माओवादीका सांसद नेत्रनाथ अधिकारी सर्वसम्मत चयन भएका छन् । बुधबार दिउँसो १२ः३० बजेसम्म रहेको मनोनयन दर्तामा अधिकारीको मात्र उम्मेदवारी परेको हो ।

वाम गठबन्धनको तर्फबाट सभामुख माओवादीको भागमा परेको र कांग्रेसले उम्मेदवारी नदिने भएपछि अधिकारी सर्वसम्मत चयन भएका हुन् । उनको प्रस्तावकमा माओवादीका हरिबहादुर छुमान र एमालेका किरण गुरुङ समर्थक रहेका थिए ।

सर्वसम्मत चयन भएका अधिकारीलाई भोली बस्ने प्रदेश सभाको दोस्रो बैठकले सभामुख घोषणा गर्नेछ । यस प्रदेशमा एमालेका पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री बनेका छन् । यहाँ ६० सांसद छन् । जसमध्ये एमालेका २७ र माओवादीका १२ सांसद छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु