कृषि विकास बैंकले २० प्रतिशत बोनस सेयर दिने - Naya Patrika
eNaya Patrika
  • ePaper

कृषि विकास बैंकले २० प्रतिशत बोनस सेयर दिने

कृषि विकास बैंकले आर्थिक वर्ष ०७३-७४ को मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको सोमबार सम्पन्न ११औँ साधारणसभाले बोनस सेयरको कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद लाभांश पनि दिने निर्णय गरेको छ । त्यसैगरी नेपाल सरकारको अग्राधिकार सेयरमा समेत तोकिएबमोजिम ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव साधारणसभाबाट स्वीकृत भएको छ ।

साधारण सेयर पुँजी ७ अर्ब ८ करोड ७६ लाख ८० हजार र नेपाल सरकारको अविमोच्य अग्राधिकार सेयर पुँजी ५ अर्ब ४३ करोड २७ लाख १२ हजार गरी १२ अर्ब ५२ करोड ०३ लाख ९२ हजार कुल चुक्ता पुँजी रहेको बैंकको २० प्रतिशत बोनस सेयरपछि चुक्ता पुँजी १३ अर्ब ९३ करोड ७९ लाख २८ हजार हुने भएको छ ।

बैंकले ०७४ पुस मसान्तसम्ममा ९८ अर्ब १७ करोड ३४ लाख निक्षेप संकलन गरी ९७ अर्ब १५ करोड ४९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले ०७४ पुस मसान्तसम्ममा १ अर्ब ०२ करोड ९१ लाख नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षमा ४.६० निष्क्रिय कर्जा रहेको बैंकको ०७४ साल पुस मसान्तमा भने निष्क्रिय कर्जा ३.९५ प्रतिशतमा झरेको छ ।

७ आघ ०७४ बाट ५१औँ वर्षमा प्रवेश गरेको बैंकले देशभर २ सय १३ शाखा कार्यालयबाट सेवा प्रदान गर्दै आएको छ । २८ शाखामा लकर र ४१ शाखामा एटिएम सुविधा रहेको बैंकले आस्बा, रेमिट्यान्सलगायतका सेवा पनि प्रदान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया