भ्यालेन्टाइन्स डेमा नेल आर्ट - Naya Patrika
eNaya Patrika
  • ePaper

भ्यालेन्टाइन्स डेमा नेल आर्ट

०  भ्यालेनटाइन्स डेलाई विशेष बनाउन फरक शैलीको शृंगार गर्ने धेरैको चाहना हुन सक्छ । त्यसैले छालाको मेकअपसँगै नङ पनि सिँगार्न सक्नुहुन्छ । जसले हातको सौन्दर्यमा टेवा पु-याउँछ । यदि आफैँ नेल आर्ट गर्न अक्षम हुनुहुन्छ भने नेल आर्टिस्टको सहयोग लिन सक्नुहुन्छ । यस्तो आर्टले मिनेटमै लुक्स स्टाइलिस देखाउँछ ।
०   यसका लागि तपाईंले हर्ट एन्ड टेल नेल आर्ट गर्न सक्नुहुन्छ ।
०   लाइट कलरमा नेल आर्टले पनि नङ र हातलाई निकै आकर्षक देखाउँछ ।
०   भ्यालेन्टाइन्स डेमा रोजको विशेष महत्व हुन्छ । त्यसैले नेल आर्ट पनि रोजवाला गर्न सक्नुहुन्छ, जसले स्टाइलिस पनि देखाउँछ ।
०   तपाईंसँग किस एन्ड टेल नेल आर्टको विकल्प बाँकी नै हुन्छ ।
०   यदि तपाईं पूरै नङमा नेल आर्ट गर्न चाहनुहुन्न भने निश्चित भागमा मात्र पनि नेल आर्ट गर्न सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया