एनएनआइपिए स्पोर्टस् अवार्डबाट ३५ खेलाडी सम्मानित - Naya Patrika
eNaya Patrika
  • ePaper

एनएनआइपिए स्पोर्टस् अवार्डबाट ३५ खेलाडी सम्मानित

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए)ले भारोत्तोलनका प्रमुख प्रशिक्षक एवं साग पदकधारी स्व. सुनीललाल जोशीलाई स्व. गजराज जोशी आदर्श खेलाडी अवार्डबाट सोमबार मरणोपरान्त सम्मान गरेको छ । यो अवार्डको पुरस्कार राशि २५ हजार रुपैयाँ छ । त्यस्तै, ‘एनएनआइपिए पत्रकारिता’ पुरस्कार फोटो पत्रकार श्याम चित्रकारलाई प्रदान गरियो ।

टोखामा सोमबार भएको अवार्ड कार्यक्रममा २०७३ मा उत्कृष्ट प्रदर्शन गरेका ३५ खेलका खेलाडी पुरस्कृत भएका छन् । क्रिकेटका पारस खड्का, फुटबलका किरण चेम्जोङ, करातेका पर्शुराम बाँस्तोला, भलिबलकी प्रतिभा माली, टेबलटेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी अस्मिता राई, तेक्वान्दोकी रेजिना कार्की, उसुकी निमा घर्तीमगर, जुडोकी फुपुल्हामु खत्री र आर्चरीका प्रेमप्रसाद पुन उत्कृष्ट खेलाडी घोषित भए ।

यसैगरी, पौडीका शिरीष गुरुङ, एथलेटिक्सकी कान्छीमाया कोजु, बक्सिङका सुशील थापा, भारोत्तोलनका दिनेश श्रेष्ठ, कबड्डीका विजयकुमार चन्द, ह्यान्डबलकी उमा राई, हक्कीका प्रदीप राजवंशी, स्क्वासका अरहान्तकेशर सिंह, ब्याडमिन्टनका रत्नजित तामाङ, बास्केटबलका सदीश प्रधान, आइटिएफ तेक्वान्दोकी तुलसा राजथला, शारीरिक सुगठनका महेश्वर महर्जन, फेन्सिङका सञ्जीव लामा र गल्फका शुक्रबहादुर राई सम्मानित भए ।

जिम्न्यास्टिकका राजु राई, लनटेनिसकी मायांका राणा, सफ्ट टेनिसका प्रदीप खत्री, साइक्लिङका राजेश मगर, बुद्धिचालका मदनकृष्ण कायस्थ, फुल कन्ट्र्याक्ट करातेकी सुस्मी श्रेष्ठ, सेपाकताक्रोका अनिल गुरुङ, खोखोकी दिलकुमारी तामाङ, स्नुकर तथा विलियर्डका दीपक मगर, ट्रायथलनका वसन्त थारू र कुस्तीका सरोज यादव पुरस्कृत भएका छन् ।

तपाईको प्रतिक्रिया