दोस्रो बेँसीशहर महोत्सव सुरु (फाेटाेफिचर) - Naya Patrika
eNaya Patrika
  • ePaper

दोस्रो बेँसीशहर महोत्सव सुरु (फाेटाेफिचर)

शब्द-तस्बिर : शान्ता कमली

लमजुङ सदरमुकाम बेँसीशहरमा ‘दोस्रो बेँसीशहर महोत्सव २०७४’ सोमबारदेखि सुरु भएको छ । लमजुङ उद्योग वाणिज्य संघ बेँसीशहर इकाइले फागुन ८ गतेसम्मका लागि महोत्सवको आयोजना गरेको हो । महोत्सवस्थल दनाइँफाँटमा औपचारिक कार्यक्रम सुरु हुनु अघि सोमबार मध्यान्ह बेसीशहरमा झाँकीसहितको र्‍याली निकालिएको थियो । विभिन्न जातजातिको झाँकी र मौलिक संस्कृति मिश्रित झाँकी बेँसीशहरको मनाङे चौताराबाट सुरु भएर पुरानो बैंक चोक, नारायणस्थान, शेरा भएर महोत्सवस्थल दनाइँफाँटमा टुंगिएको थियो ।

‘हाम्रो नगर राम्रो सहर, स्वच्छ सफा र सुरक्षित बेसीशहर’ भन्ने नाराका साथ सुरु गरिएको महोत्सवले जिल्लाको आर्थिक विकासमा टेवा पुग्ने लक्ष्य लिइएको महोत्सव आयोजक समितिका संयोजक एवं लमजुङ उद्योग वाणिज्य संघ बेसीशहर इकाईका अध्यक्ष प्रदिप बस्नेतले बताए । महोत्सवमा औद्योगिक तथा व्यापारिक प्रदर्शनी, स्थानीय घरेलु तथा हस्तकला प्रदर्शनी, कृषि तथा जडीबुटी प्रर्दशनी, फोटो तथा बृत्तचित्र प्रर्दशनी, परम्परागत खाना महोत्सव राखिएको उनले बताए ।

महोत्सवको आर्कषणको रुपमा लमजुङको मस्र्याङ्दी नदिमा र्‍याफटिङ गरिने लमजुङ उद्योग वाणिज्य संघका महासचिव कृष्णजङ गुरुङले बताए । निकै संभावनाको रुपमा रहेको र्‍याफटिङ व्यवसायलाई दिगो रुपमा व्यवस्थापन गर्ने लक्ष्य रहेकाले पनि महोत्सवमा यसको व्यवस्था गरिएको उनको भनाई छ ।

महोत्सवमा बिशेष रुपमा पर्यटकीय गाउँहरुको वुकलेट प्रदर्शनी, घरेलु तथा कृषि प्रदर्शनी, ग्रामिण पर्यटकीय गााउहरुको प्याकेज विक्रि, कृषि, हस्ताकला र घरेलु उत्पादनको प्रदर्शनी तथा प्रतियोगीता, व्यावस्थित व्यवसाय संचालन तथा विद्यमान कर प्रणाली व्यवस्थापनमा लमजुङ उद्योग वाणिज्य संघ र स्थानीय प्रशासनको भूमिका विषय कार्यशाला गोष्ठी, साइवर क्राइम सम्बन्धी गोष्ठी, फोटो तथा चित्रकला प्रदर्शनी लगायतका कार्यक्रमहरु संचालन गरिने भएको छ । महोत्वसमा परम्परागत खाना उत्सव सँगै सरकारी तथा गैर सरकारी निकायको गतिविधि प्रदर्शनी र दैनिक चर्चित राष्ट्रिय कलाकारहरुको प्रस्तुती समेत हुने छ ।

महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष चन्द्र ढकालले उद्घाटन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका ढकालले महोत्सवले आर्थिक विकासमा टेवा पुग्ने बताए । उनले भने लमजुङ जलविद्युत,पर्यटन कृषि र जडिवुटीको संम्भावना भएको जिल्ला हो । यसको प्रर्वद्धनका लागी महोत्सवले महत्वपूर्ण भुमिका खेल्छ ।

महोत्सवलाई ढकालसँगै पुर्व सांसद जमिन्द्रमान घले, जिल्ला समन्वय समिती लमजुङका प्रमुख लोकराज पाण्डे, बेँसीशहर नगरपालिकाका प्रमुख गुमानसिं अर्याल, एमालेका सचिव कृष्णप्रसाद अधिकारी, कांग्रेसका जिल्ला सचिव हरि वराल, माओवादी केन्द्रका सुनिल सुनार जिल्लाका पार्टी प्रमुख तथा प्रतिनिधिले महोत्सवले जिल्लाको आर्थिक विकासमा टेवा पुग्ने बताए ।

उनीहरुले जिल्लामा लगानीमैत्री वातावरण सिर्जना गर्न सहयोग गर्ने बताएका छन् । उनीहरुले महोत्सवले बेसीशहरको बजारलाई सुरक्षित बनाउनका साथै बेसीशहर नगरलाई स्मार्ट सिटीको रुपमा विकास गर्न सहयोग पुराउनुको साथै नगर क्षेत्र वरपर रहेका पर्यटकीय स्थानहरुको प्रचार प्रसार गरी समग्र पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउने बताए ।

जिल्लाको परम्परागत कला संस्कृतिको जगेर्ना, ब्यवसायिक कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, उद्योग जलबिद्युत क्षेत्रमा लगानीमैत्री वातावरण सृजना गर्दै स्थानीय ब्यापार ब्यवसायलाई प्रबद्र्धन गर्न सुरक्षित तथा ब्यवस्थित बजार बिकास गरी जिल्लाको आर्थिक तथा सामाजिक विकासमा टेवा पु¥याउने लक्ष्यका साथ बेसीशहर इकाइले महोत्सवको आयोजना गरेको लउवा संघका अध्यक्ष राजेश थापाले बताए ।

महोत्सवमा टिकट विक्रीबाट उठेको रकममध्ये दैवि प्रकोप उद्धार कोष, सर्वोद्धय जेष्ठ नागरिक आश्रम, मानव सेवा आश्रम र आर्दश महिला तथा वाल गृहमा आश्रित वालवालिकाका लागि प्रति टिकटबाट ५०/५० पैसा छुट्याएको छ भने बेँसीशहरमा जडित सिसि टिभि क्यामेराका लागि मर्मत सम्भार कोषको लागि ५ लाख रुपैयाँ छुट्याइएको लमजुङ लमजुङ उद्योग वाणिज्य संघ बेँसीशहर इकाइका कोषाध्यक्ष विपिन श्रेष्ठले बताए । महोत्सवमा १ सय ९३ वटा स्टल रहेको छ भने महोत्सवको डेढ लाख दर्शकले अवोलकन गर्ने अपेक्षा आयोजकले राखेको छ ।

तपाईको प्रतिक्रिया