हिरोइनको साडीमा आइरन गर्थे रोहित - Naya Patrika
eNaya Patrika
  • ePaper

हिरोइनको साडीमा आइरन गर्थे रोहित

निर्देशक रोहित शेट्टीले आफ्नो पहिचान बनाउन निकै संघर्ष गरेका छन् । कुनै समय उनी स्पटब्वाइको काम गर्थे । हालै रियालिटी सो इन्डियाज नेक्स्ट सुपरस्टारमा आफ्नो संघर्षका दिन बताउने क्रममा उनले यो कुरा खोलेका हुन् ।

‘मैले हकिकत फिल्मको सुटिङमा हिरोइन तब्बुको साडीमा आइरन लगाएको थिएँ,’ उनले भने, ‘त्यतिवेला म त्यो फिल्मको स्पटमा काम गर्थें ।’ रोहितले केही फिल्ममा अर्की हिरोइन काजोलको ‘मेकअप टचअप’ गरेका रहेछन् ।

स्पटब्वाइ हुँदै बिस्तारै अघि बढेका रोहित एक समय स्टन्ट डिरेक्टरका रूपमा कहलिन्थे । पछि, सहायक निर्देशक हुँदै उनी निर्देशक बनेका हुन् । उनले चेन्नई एक्सप्रेस, गोलमाल, गोलमाल रिटन्र्स, सिंघम, बोल बच्चनलगायतका थुप्रै हिट फिल्म दिएका छन् ।

रोहितले उनै तब्बुलाई गोलमाल रिटन्र्समा निर्देशन गरे । काजोललाई भने दिलवाले फिल्ममा अभिनय गराएका थिए ।

तपाईको प्रतिक्रिया