आइसिसी डिभिजन–२ : नेपाललाई ब्याटिङकै डर - Naya Patrika
eNaya Patrika
  • ePaper

आइसिसी डिभिजन–२ : नेपाललाई ब्याटिङकै डर

नेपालले आइसिसी विश्व क्रिकेट डिभिजन–२ लिगअन्तर्गत आइतबार महत्वपूर्ण खेलमा युएईको सामना गर्दै छ । लिगमा युएई र नेपालले समान दुई खेलबाट एक जित र हारको सामना गरेका छन् । रनरेटमा युएई दोस्रो तथा नेपाल तेस्रो स्थानमा छ ।

लिगको शीर्ष दुईभित्रको दाबेदारी प्रस्तुत गर्न नेपाल र युएईलाई निश्चित आवश्यकता छ । तर, नेपालले आफ्नो लक्ष्य भेट्टाउन ब्याटिङ नै प्रमुख समस्या बनेको छ । ओमान र नामिबियाविरुद्ध नेपालले गतिलो ब्याटिङ प्रदर्शन गर्न सकेन ।

युएई बलियो
युएईले डिभिजन–२ अघि जनवरीमा त्रिकोणात्मक नेसनल सिरिज खेलेको थियो । सो सिरिजमा युएईसहित आयरल्यान्ड र स्कटल्यान्डले प्रतिस्पर्धा गरेका थिए । आयरल्यान्डसँग पराजित भएको युएईले स्कटल्यान्डमाथि जित निकालेको थियो ।

सो त्रिकोणात्मक सिरिजमा युएईका ब्याटसम्यानहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए । नेपालको तुलनामा युएईको ब्याटिङ अर्डर बलियो मानिएको छ । यस अवस्थामा नेपालसमक्ष ब्याटिङका साथै बलिङ एकनासको प्रदर्शन गर्नुपर्ने दबाब छ ।

नेपाललाई बलरकै आशा
प्रतियोगितामा नेपालले सोचेजस्तै बलरबाट भरपुर साथ पाएको छ । बलरहरूको उत्कृष्ट प्रदर्शनकै कारण नेपालले नामिबियामाथि एक विकेटको जित निकाल्न सफल भयो । दोस्रो खेलमा नेपाली बलरले केही समय ओमानलाई दबाब राखेको थियो ।

हेट टु हेडमा नेपाल
गत वर्ष विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल र युएईले समान जित र हारको नतिजा निकालेका थिए । नेपालले २०१२ को एसिसि ट्रफी इलाइटअन्तर्गत समूह बिमा नेपालले युएईमाथि ४ विकेटको जित निकालेको थियो । सोही प्रतियोगिताको फाइनलमा युएईविरुद्ध नै नेपालले सामना ग-यो ।

फाइनल टाई भएपछि दुवै संयुक्त रूपमा विजेता बने । सन् २०१४ मा एसिसी प्रिमियर लिगमा नेपालले युएईलाई चार विकेटले हरायो । २०१५ मा विश्वकप छनोटको अन्तिम चरणमा युएईले नेपाललाई १ सय २ रनले पराजित ग-यो ।

तपाईको प्रतिक्रिया