स्याङ्जा सहयोग समाज युएईको सातौँ वार्षिकोत्सव - Naya Patrika
eNaya Patrika
  • ePaper

स्याङ्जा सहयोग समाज युएईको सातौँ वार्षिकोत्सव

स्याङ्जा सहयोग समाज युएईको साताैँ वार्षिकोत्सव कार्यक्रम बरदुबईको सिल्भर स्पुन रेष्टुरेष्टमा शुक्रबार सम्पन्न भएको छ ।

समाजका अध्यक्ष खगेन्द्र गैरेको सभापतित्व र नेपाली राजदुतावासका द्वितिय सचिव विष्णुकुमारी अधिकारीको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा एनआरएन युएर्यका अध्यक्ष रमेश श्रेष्ठ, नेपाली समाजका अध्यक्ष चन्द्रप्रसाद सापकोटा, नेपाल पत्रकार महासंघ युएईका अध्यक्ष भुपराज बस्याललगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, व्यवसायीहरुको सहभागिता रहेको थियो ।

प्रमुख अतिथिको हातबाट सातौँ वार्षिक उत्सवको केक काटेर र दीप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गरिएको थियो ।

समाजका महासचिव ओमकार पोखरेलले संस्थाले एक वर्षमा गरेका सामाजिक क्रियाकलापहरूको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा वक्ताहरूले संस्थाको समाजिक क्रियाकलापको प्रशंसा गर्दै निरन्तरताको कामना गरेका थिए । कार्यक्रममा विभिन्न कलाकारहरूले साँस्कृतिक प्रस्तुति राखेका थिए ।

समाजका महासचिव ओमकार पोखरेलको सञ्चालन र प्रवक्ता जीवन पंगेनीको स्वागत मन्तन्व्य रहेको सो कार्यक्रममा संस्था स्थापनामा सहयोग गर्नुहुने महानुभावहरू, पूर्वअध्यक्षहरू, समाजसेवी, आजिव सदस्यहरूलगायतलाई सम्मान गरिएको थियो ।

विगत ७ वर्ष पहिले युएईमा स्थापना भएको सो समाजले विभिन्न सामाजिक क्रियाकलापमा संलग्न हुँदै आइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु