एपिएफ क्वार्टरफाइनलमा - Naya Patrika
eNaya Patrika
  • ePaper

एपिएफ क्वार्टरफाइनलमा

एपिएफ क्लब आयोजक नव जनजागृति युवा क्लब सिमरालाई २–० ले हराउँदै शुक्रबार सिमरा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल प्रवेशका लागि एपिएफले त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्नेछ । एपिएफको जितमा रवि थिङ र रञ्जन विष्टले १–१ गोल गरेका थिए ।

खेलको ६२औँ मिनेटमा युवराज खड्काको स्थानमा रवि मैदान प्रवेश गरेका थिए । खेलको ७२औँ मिनेटमा नवीन लामाको क्रसमा रविले एपिएफलाई १–० को अग्रता दिलाए । खेलको इन्जुरी समयमा रञ्जनले एपिएफको जित २–० ले पक्का पारे । उनले नव जनजागृति क्लबका गोलरक्षकविरुद्ध वान भर्सेज वानको अवस्थमा गोल गरेका हुन् ।

खेलको तेस्रो मिनेटमा नव जनजागृतिले डिबक्सभित्र अग्रता गोल अवसर खेर फालेको थियो । चतुर्धन चौधरीको पासमा विवेक चौधरीको प्रहार पोस्टनजिकबाट बाहिरिएको थियो । खेलको सातौँ मिनेटमा एपिएफका अञ्जन विष्टको पासमा रञ्जनले प्रहार गरेको बल आयोजकका गोलरक्षक दिलमणि चौधरीले विफल पारेका थिए ।

तपाईको प्रतिक्रिया