ताइवानमा भूकम्पको उद्धारकार्य जारी - Naya Patrika
eNaya Patrika
  • ePaper

ताइवानमा भूकम्पको उद्धारकार्य जारी

ताइवानमा गत मंगलबार राति गएको शक्तिशाली भूकम्पको उद्धारकार्य जारी छ । भूकम्प गएको ६० घन्टापछि पनि हवालिन सहरको एक भवनको भग्नावशेषमा फसेका सातजनाको उद्धारका लागि ठूलो संख्याका उद्धारकर्ताहरूले काम गरिरहेका छन् ।

भूकम्पले सो सहर नराम्रोसँग प्रभावित भएको थियो । भवनको भग्नावशेषमा फेसेका सात व्यक्तिमध्ये पाँच ताइवानी र एक क्यानडाली छन् । अर्काे एकजनाको परिचय खुलेको छैन ।

६ दशमलव ४ रेक्टर स्केलको सो भूकम्पमा मृत्यु हुनेको संख्या १० पुगेको छ । भूकम्पमा २ सय ७६ घाइते भएका छन् । सो भूकम्पपछि निरन्तर परकम्पन गइरहेका छन् । भूकम्पमा अझै केही हराइरहेका छन् ।

भूकम्पले ठूलो भौतिक क्षति पु-याएको छ, तथापि विस्तृत विवरण अझै सार्वजनिक गरिएको छैन । भूकम्पपछिको उद्धार तथा राहतका लागि ठूलो संख्यामा सेना र प्रहरीसहितका उद्धारकर्मी खटाइएको छ ।

तपाईको प्रतिक्रिया