अपिको नाफा ३ करोड १३ लाख - Naya Patrika
eNaya Patrika
  • ePaper

अपिको नाफा ३ करोड १३ लाख

चालू आवको दोस्रो त्रैमासमा अपि पावर कम्पनी लिमिटेडले ३ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आवको सोही अवधिमा कम्पनीले ३ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट आय घटेका कारण नाफा घट्न पुगेको हो ।

सो अवधिसम्ममा कम्पनीले विद्युत् बिक्री गरेर ७ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको छ । त्यसैगरी, अन्य स्रोतबाट कम्पनीले १ करोड ११ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।

सो अवधसिम्ममा कम्पनीको चुक्ता पुँजी १ अर्ब ५ करोड रहेको छ भने जगेडा कोष १२ करोड १४ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) रू. ५ दशमलव ९७ रहेको छ भने मूल्य आम्दानी अनुपात ७१ दशमलव १३ गुणा रहेको छ । त्यसैगरी, कम्पनीको प्रतिसेयर नेटवर्थ रू. १ सय ११ दशमलव ५७ रहेको छ ।

तपाईको प्रतिक्रिया