विद्युत् बिक्रीबाट ङादीको आय ८ करोड ४७ लाख - Naya Patrika
eNaya Patrika
  • ePaper

विद्युत् बिक्रीबाट ङादीको आय ८ करोड ४७ लाख

चालू आवको दोस्रो त्रैमाससम्ममा ङादी पावर कम्पनीले विद्युत् बिक्रीबाट ८ करोड ४७ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।

गत आवको सोही अवधिमा कम्पनीको यस्तो आय ७ करोड ८० लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको आय बढेसँगै नाफा पनि बढेको छ । यो अवधिसम्ममा कम्पनीले ३ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

कम्पनीको चुक्ता पुँजी ५३ करोड ५५ लाख रहेको छ भने जगेडा कोष ४ करोड ६ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) रू. १४ दशमलव ७३ रहेको छ भने मूल्य आम्दानी अनुपात १५ दशमलव ७५ गुणा रहेको छ ।

त्यसैगरी, कम्पनीको प्रतिसेयर नेटवर्थ रू. १ सय ७ दशमलव ५९, प्रति सेयर कुल सम्पत्तिको मूल्य रू. १ सय ८६ दशमलव २६ र तरलता अनुपात ३ दशमलव ६८ गुणा रहेको छ ।

तपाईको प्रतिक्रिया