पत्रकार पकुवालको उपचारका लागि युएईमा आर्थिक संकलन - Naya Patrika
eNaya Patrika
  • ePaper

पत्रकार पकुवालको उपचारका लागि युएईमा आर्थिक संकलन

नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य माया पकुवालको उपचार सहयोगार्थ नेपाल पत्रकार महासंघ युएई शाखाले आर्थिक सहयोग संकलन अभियान शुरु गरेको छ ।

पकुवाल दुवै मृगौला खराब भएर भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्रमा उपचार गराइरहेकी छिन् । माया पकुवाल भद्रपुरबाट प्रकाशित बरुण साप्ताहिकमा सम्पादक हुन् ।

शाखाका कोषाध्यक्ष दिनेश अचार्यको संयोजकत्वमा आर्थिक सहयोग संकलन समिति निर्माण गरेर युएईमा क्रियाशिल विभिन्न संघसंस्था, व्यवसायी, समाजसेवीहरूलाई सहयोग अपिल गरेको छ ।

समितिको उपसंयोजकमा रुपेश अधिकारी रहेका छन् । त्यसैगरी जनसम्पर्क सदस्यको रूपमा रामप्रसाद ढुंगेल रहेका छन् भने सदस्यहरूमा क्रमशः मेघराज सापकोटा, सुशान आचार्य, रामकुमार परियार, जगत लुँइटेल, रमेश खड्का काशी, प्रलाहद दाहाल र चिरन न्यौपाने रहेका छन् ।

पकुवालको आर्थिक अवस्था कमजोर भएको कारणले उपचारमा आर्थिक समस्या भएको र सहयोगको लागि नेपाल पत्रकार महासंघ झापा शाखाले युएई शाखालाई पत्रचार गरेको शाखाका अध्यक्ष भुपराज बस्यालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया