कंगारुको शैक्षिक मेला सम्पन्न - Naya Patrika
eNaya Patrika
  • ePaper

कंगारुको शैक्षिक मेला सम्पन्न

कंगारु ऐजुकेशन फाउण्डेशनले विद्यार्थीहरुलाई सूचना तथा परामर्श प्रदान गर्ने उद्देश्यले ‘कंगारु ऐजुकेशन फेयर–२०१८’ सम्पन्न गरेको छ ।

कंगारुले सो शैक्षिक मेलामा अष्ट्रेलिया, न्यूजिल्याण्ड, अमेरिका र यूरोपसहति १८ प्रतिष्ठित विश्वविद्यालय, सरकारी तथा प्राइभेट कलेजहरुको सहभागिता रहेको फाउण्डेशनका प्रबन्ध निर्देशक महेशबाबु तिमल्सिनाले बताए । एक दिने मेलामा करिब एक हजारको विद्यार्थीले अवलोकन गरेको पनि उनले बताए ।

शैक्षिक मेलामा विद्यार्थी तथा अभिभावकहरुले प्रत्यक्षरुपमा विश्वविद्यालय एवं कलेजका प्रतिनिधिसँग अन्तरक्रिया गरेका थिए । सत्य–तथ्य, जिवनशैली, छात्रवृत्ति, कलेज÷विश्वविद्यालय छनोटदेखि डकुमेन्टेसनमार्पmत एडमिसन र भिजाका सम्बन्धमा मरामर्श लिएको निर्देशक तिमल्सिनाले बताए ।

कन्सल्टेन्सीले परामर्श दिने काम वर्षेभरी गरेपनि विश्वविद्यालय र कलेजका प्रतिनिधिसँग प्रत्यक्ष कुराकानी गर्ने अवसर मिलाइएको उनले बताए ।

तपाईको प्रतिक्रिया