कांग्रेसले टुंग्यायो चार ओटा प्रदेशमा राष्ट्रियसभा उम्मेदवार - Naya Patrika
eNaya Patrika
  • ePaper

कांग्रेसले टुंग्यायो चार ओटा प्रदेशमा राष्ट्रियसभा उम्मेदवार

प्रमुख सत्तारुढ दल कांग्रेसले प्रदेश राष्ट्रियसभा निर्वाचनका लागि ४ ओटा प्रदेशमा पार्टीले उठाउने उम्मेदवार टुंग्याएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको कांग्रेस संसदीय बोर्डको बैठकले प्रदेश नं ४, ५, ६ र ७ मा पार्टीले उठाउने उम्मेदवारको टुंगो लगाएको हो । प्रत्येक प्रदेशमा ८/८ जनाका दरले उम्मेदवार उठाउनु पर्ने भएपनि पार्टीले तीन ओटा प्रदेशमा ४/४ उम्मेदवार उठाउने निक्यौल गरी नाम तय गरेको नेता बालकृष्ण खाणले जानकारी दिए ।

खाणले प्रदेश ६ बाट खुल्लामा कालिकोटका विष्णुबहादुर शाही, महिलामा जुम्लाकी सूर्यदेवी मल्ल, दलितमा सल्यानका सिताराम विके र अपाङ्ग अल्पसंख्यकमा गोपालप्रसाद शर्मालाई उम्मेदवार बनाउने निर्णय भएको बताए ।

प्रदेश नं ४ बाट खुल्लामा गोरखाका सुरेन्द्रराज पाण्डे, महिलामा बृन्दा राना मगर, दलितमा जीतबहादुर नेपाली र अपाङ्ग अल्पसंख्यकमा प्रकाश पन्तलाई कांग्रेसले उम्मेदवार बनाउने भएको छ ।

प्रदेश नं ५ बाट खुल्लामा दुर्गाप्रसाद उपाध्याय, महिलामा अनिता देवकोटा, दलितमा मैकुलाल बाल्मीकी र अपाङग् अल्पसंख्यकमा लुटबहादुर खत्रीलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
कांग्रेसले प्रदेश नं ७ मा सोमबार नै पार्टीले उठाउने उम्मेदवार तय गरेको थियो । प्रदेश नं ७ बाट खुल्लामा बद्री पाण्डे, महिलामा तारादेवी भट्ट, दलितमा शेरीराम पार्की, र अपाङ्ग अल्पसंख्यकमा छत्रराज जोशीलाई उम्मेदवार बनाउने निर्णय भएको थियो ।

२४ माघमा हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि १० मा उम्मेदवारी दर्ता गर्ने कार्यतालिका निर्वाचन आयोगले तय गरेको छ । अव कांग्रेसले प्रदेश नं १, २ र ३ मा उम्मेदवार तय गर्न बाँकी छ ।

तपाईको प्रतिक्रिया