श्रीपञ्चमीमा देखिएको अक्षर मोह [फोटोफिचर] - Naya Patrika
eNaya Patrika
  • ePaper

श्रीपञ्चमीमा देखिएको अक्षर मोह [फोटोफिचर]

आज श्रीपञ्चमी अर्थात् बसन्त पञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधाना गरी मनाइँदै छ ।

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमीका दिन उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेले तथा अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ । आजकै दिन बालबालिकाहरुलाई अक्षाराम्भ गराउने चलन पनि रहेको छ ।


काठमाडौंको स्वम्यम्भूमा आज बिहान बालबालिका देखि ठूला विद्यार्थीहरु सरस्वतीको पूजा गर्न, अक्षर कोर्न निकै व्यस्त देखिन्थे ।

सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोइ निलेमा विद्या र बुद्धि प्राप्त हुने र विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास रहेको पनि छ ।


तस्बिर : कृष्ण पौडेल

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु