शिक्षासँगै संस्कार बाँड्दै मदर्स क्यासल स्कुल - Naya Patrika
eNaya Patrika
  • ePaper

शिक्षासँगै संस्कार बाँड्दै मदर्स क्यासल स्कुल

०  मदर्स क्यासल स्कुलले बालबालिकाको भावनात्मक, शारीरिक, मानसिक र सामाजिक विकासमा भूमिका खेलेको छ, जसलाई हामी बालबालिकाको चौतर्फी विकासका रूपमा लिन्छौँ
०  हामीले पढाउने नाममा देखावटी पनि गरिरहेका छौँ । आजको शिक्षाको कारण यो भन्न बाध्य छौँ कि हाम्रा कन्टेन्ट नै कन्फ्युजिङ छन् ।
०  मदर्स क्यासल स्कुलको मुख्य उद्देश्य भनेको आदर्श व्यक्तिको निर्माण गर्नु हो । विद्यार्थीलाई सामान्य ज्ञानको अतिरिक्त क्षमतावान्, निष्ठावान्, खुसी र जिम्मेवार बनाउने शिक्षा पद्धतिलाई मदर्स क्यासलले आत्मसात गर्छ ।


०  मदर्स क्यासल स्कुलले बालबालिकाको भावनात्मक, शारीरिक, मानसिक र सामाजिक विकासमा भूमिका खेलेको छ, जसलाई हामी बालबालिकाको चौतर्फी विकासका रूपमा लिन्छौँ ।
०  प्रि–स्कुलमा मन्टेसरी बेसमा पढिरहेका बालबालिकालाई प्राइमरीस्तरमा जाँदा कठिनाइ हुन्छ र माथिल्ला तहमा पनि उनीहरूअनुकूल वातावरण हुँदैन । तर, हामीले त्यस्तो वातावरणको विकास गरेका छौँ ।
०  हरेक बच्चामा कुनै न कुनै खुबी हुन्छ । उनीहरूमा कमजोरी हुँदै हुँदैन भन्ने होइन । कमजोरी पनि मानिसको एउटा हिस्सा हो । त्यसैले हामीले बच्चाको क्षमता चिनेर उनीहरूलाई उत्प्रेरणा प्रदान गर्न
आवश्यक छ ।
०  सबै अभिभावकको चाहना हुन्छ राम्रो अंक ल्याएर उत्तीर्ण गरोस् । तर, हामीले यस्तो कामना गर्नुपर्छ कि आफ्नो बच्चा जीवनमा सन्तुष्ट बनोस् । सर्टिफिकेटको पछि लागेर हामीले मानिसलाई व्यवस्थित ढंगले बाँच्नै बिर्साइदिन थालेका छौँ ।
०  यदि तपार्इंको बच्चाले विद्या हासिल गरोस् भन्ने चाहनुहुन्छ भने त्यसका लागि प्रमाणपत्रले मात्र कुनै मान्यता राख्दैन । त्यो किनभने हाम्रो समाजमा कतिपय यस्ता व्यक्तित्व हुनुहुन्छ जसको हातमा प्रमाणपत्र छैन, तर सफलता र खुसी छन् ।
०  हामीले सानैदेखि उनीहरूले गरेको मद्दत, बितेका दिन, कसैलाई दिएको खुसीबारे जिज्ञासा राख्यौँ, र त्यस्ता कामका लागि उत्प्रेरणा जगायौँ भने सन्तुष्ट र सफल बनाउन सकिन्छ । हामीले पढाउने नाममा देखावटी पनि गरिरहेका छौँ । आजको शिक्षाको कारण यो भन्न बाध्य छौँ कि हाम्रा कन्टेन्ट नै कन्फ्युजिङ छन् ।

भावना केसी
प्रिन्सिपल, मदर्स क्यासल स्कुल

तपाईको प्रतिक्रिया