यसरी झाँगियो मन्टेसरी - Naya Patrika
eNaya Patrika
  • ePaper

यसरी झाँगियो मन्टेसरी

विष्णुप्रसाद पुडासैनी
एक दशकदेखि नेपालमा प्रारम्भिक शिक्षालाई निकै महत्व दिइएको छ । त्यसैले, मन्टेसरी, चाइल्ड केयर सेन्टर, प्ले ग्रुपलगायतका नामबाट पाँच वर्षभन्दा कम उमेर समूहका बालबालिकाका लागि शिक्षण सिकाइ विद्यालय खुल्ने प्रचलन बढ्दो छ । यस्ता विद्यालयको चार्मिङ पनि दिनप्रतिदिन बढ्दो छ ।

 

आज वसन्तपञ्चमी अर्थात् सरस्वती पूजा । जुनसुकै उमेर समूहका विद्यार्थी हुन्, उनीहरूका लागि महत्वपूर्ण दिन हो, वसन्तपञ्चमी । विषेशगरी बालबालिकालाई आजको दिनमा विशेष पूजा गर्छन् र गुणस्तरीय शिक्षा प्राप्तिको कामना गर्छन् । तर, यी सामग्री ती बालबालिकामा केन्द्रित छन्, जो मन्टेसरी शिक्षा लिइरहेका छन् । उनीहरूका अभिभावकमा पनि उत्तिकै महत्व राख्छ ।

मारिया मन्टेसरीले विश्वमा पहिलोपटक पूर्वप्राथामिक शिक्षाको सुरुवात गरिन् । जुन शिक्षा आज मन्टेसरीको नाममा विश्वभर प्रचलित छ । उनले आजको युगअनुरूप बालबालिकामा शिक्षाको संस्कार बसाए । विद्यालय शिक्षालाई गुणस्तरीय र समयसापेक्ष बनाउनका लागि पनि व्यावहारिक तालिमले प्रदत्त मन्टेसरी शिक्षा आजको
आवश्यकता हो ।

मारियाले मन्टेसरी शिक्षणका तीन आधार तोकेकी छिन् । ती हुन्, शिक्षण सिद्धान्त, शिक्षण विधि र व्यावहारिक शिक्षा तथा क्षमता विकास । यी तीन आधारमा केन्द्रित रहेर बालबालिकालाई प्रदान गरिने शिक्षा बालमनोविज्ञान सुहाउँदो घरेलु वातावरणमा वैज्ञानिक हुन्छ भन्छन् बेस्ट मन्टेसरीका सञ्चालक सञ्जय लामा । गुरुकुल, आश्रम हुँदै विकसित भएका शिक्षण संस्थाहरू बालबालिकामैत्री नभएका कारण मन्टेसरीको कन्सेप्ट विश्वभरि फैलिएको उनको भनाइ छ ।

के हो मन्टेसरी शिक्षा ?
वश्वमा करिब एक दशकसम्म मारिया मन्टेसरीले प्रयोग गरेका बालबालिकाकेन्द्रित शिक्षण पद्धति स्थापित बन्यो । जुन शिक्षाले बालमनोविज्ञानमै उलटपुलट पार्ने काम गर्छ । बाल मस्तिष्कबाट सिर्जित शारीरिक, मानसिक, भावनात्मक, सामाजिक र ज्ञानवद्र्धक अनुभूतिलाई स्वतस्फूर्त प्राकृतिक ज्ञान, क्षमता र मानवीय समवेदनाका माध्ययमबाट उनीहरूमा समाधानयुक्त चेतको विकास गर्नु नै मन्टेसरीको उद्देश्य हो ।

अन्तर्राष्ट्रिय अभ्यास
हामीलाई लाग्न सक्छ मन्टेसरी पाँच वर्षसम्मका बालबालिकका लागि मात्र हो । तर, यसबारे विश्वमा थुप्रै सिद्धान्त प्रतिपादन भएका छन् । साढे दुई वर्षदेखि तीन वर्षसम्म एउटा मन्टेसरी अवधि हुन्छ र त्यसपछि चारदेखि ६ वर्ष, ६ देखि १२ वर्ष त्यसपछि २४ वर्ष सम्मको मन्टेसरी अवधि हुन्छ । यसैअनुसार पठनपाठन गरिन्छ । जसरी गमलामा फुलेका फूललाई निकै होसियारीपूर्वक फूलदानीमा सजाइन्छ, त्यसरी नै बालमस्तिष्कको कोपिलालाई विवेकको गमलामा सजाउन जरुरी छ । विवेकको एउटा गमला हो, मन्टेसरी ।

तपाईको प्रतिक्रिया