चितुवाको छालासहित ३ जना पक्राउ - Naya Patrika
eNaya Patrika
  • ePaper

चितुवाको छालासहित ३ जना पक्राउ

चितुवाको छालासहित तीन जनालाई लमजुङ प्रहरीले पक्राउ पगरेको छ । बेसीशहर नगरपालिका ९ मा रहेको झिंगेखोलास्थित घलेगाउँ होटलबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

 पुस २८ गते राती घलेगाउँ होटलको कोठा नं. ११० मा चितुवाको छाला लुकाइ छिपाइ राखिएको छ भन्ने सुराकीको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालयको टोलीले खानतलासी गरी लुकाएर राखिएको चितुवाको छाला पक्राउ गरिएको थियो ।

चितुवाको छालाको साथमा सुन्दरबजार नगरपालिका वडा नं। ५ तार्कुका २७ वर्षीय बिनोद तामाङ, सुन्दबजार नगरपालिका वडा नं. ४ का २७ वर्षीय राजेश अधिकारी र सुन्दरबजार नगरपालिका वडा नं। ६ का २७ वर्षीय कमल तामाङ पक्राउ गरिएको प्रहरी निरीक्षक बुद्धिसागर पुरीले बताए । आज ३ बजे पत्रकार सम्मेलनमार्फत जिल्ला प्रहरी कार्यालय लमजुङले सार्वजनिक गरेको थियो ।

तपाईको प्रतिक्रिया