चौतारी साँझमा नेपाली र जापानी धुन - Naya Patrika
eNaya Patrika
  • ePaper

चौतारी साँझमा नेपाली र जापानी धुन

चौतारी ब्यान्डका बाँसुरीवादक पञ्च लामा, तबलावादक श्रवण लामा र जापानी कलाकार तेराकादो मित्सिगुले शुक्रबार राजधानीमा आफ्ना लोक सांगीतिक धुनबाट दर्शक झुमाए ।

सांस्कृतिक संस्थानले जमलस्थित नाचघरको प्रेक्षालयमा आयोजना गरेको चौतारी साँझ ०७४ मा कलाकार लामाद्वय र तेराकादोले विभिन्न नेपाली तथा जापानी धुन बजाएका थिए । कार्यक्रममा नेपाली लोक सांगीतिक वृत्तचित्र सुन्दर नेपालसमेत प्रदर्शन गरिएको थियो । पौने दुई घन्टा चलेको कार्यक्रममा उनीहरूले १४ वटा धुन प्रस्तुत गरेका थिए ।

सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले विगतका वर्षमा झैँ यसपटक पनि नेपाली र जापानी संगीतलाई एकैथलोमा प्रस्तुत गर्न चौतारी साँझ आयोजना गरिएको बताए ।

दुई दशकदेखि जापानमा बसेर त्यहाँ हुने विविध कार्यक्रममा नेपाली धुन पस्कँदै आएका लामाद्वयको काठमाडौंमा यो तेस्रो चौतारी साँझ हो । उनीहरूले चौतारी साँझमार्फत सर्लाहीको हरिवनमा चेतना सन्देश नेपालले सञ्चालन गरेको द्वन्द्वपीडित बालगृहका लागि १२ लाख रुपैयाँ सहयोग प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया