संघीय संरचनामा नेपाल चेम्बर - Naya Patrika
eNaya Patrika
  • ePaper

संघीय संरचनामा नेपाल चेम्बर

चौथोपटक नेपाल चेम्बरको नेतृत्वमा राजेशकाजी

नेपाली निजी क्षेत्रको सबैभन्दा पुरानो छाता संगठन नेपाल चेम्बर अफ कमर्सले आफ्नो संरचना परिवर्तन गरेको छ । स्थापनाको ६७औँ वर्षमा चेम्बरले आफ्नो सांगठनिक ढाँचा परिवर्तन गर्दै संघीय संरचनामा गएको हो ।

काठमाडौंमा बिहीबार सम्पन्न चेम्बरको ६७औैँ वार्षिक साधारणसभाले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गर्दै आफ्नो नयाँ सांगठनिक संरचना निर्माण गरेको हो । चेम्बरको अध्यक्षमा चौथोपटक राजेशकाजी श्रेष्ठ चयन भएका छन् ।

नवनिर्वाचित नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन् । त्यस्तै, चेम्बरको वाणिज्यतर्फको उपाध्यक्षमा कमलेश कुमार अग्रवाल, उद्योगतर्फको उपाध्यक्षमा महेन्द्रमान श्रेष्ठ, जिल्ला नगरतर्फको उपाध्यक्षमा दीपककुमार मलहोत्रा, वस्तुगत उपाध्यक्षमा इच्छाराज तामाङ र संस्थागत उपाध्यक्षमा नरेश श्रेष्ठ चयन भएका छन् ।

चेम्बरको विशिष्ट मानार्थ उपाध्यक्षमा भाष्करराज राजकर्णिकार चयन भएका छन् । नयाँ संविधानअनुसार मुलुक संघीयतामा गएसँगै चेम्बरले पनि आफ्नो सांगठनिक संरचना परिवर्तन गरेको अध्यक्ष श्रेष्ठले बताए । जसअनुसार चेम्बरले सातै प्रदेशका लागि प्रतिनिधि तोकेको छ ।

प्रदेशतर्फबाट प्रदेश १ मा पर्शुराम दाहाल, प्रदेश २ मा पंकज जालान, प्रदेश ३ मा कृष्णमान श्रेष्ठ, प्रदेश ४ मा प्रमोद श्रेष्ठ, प्रदेश ५ मा भीमलाल पौड्याल, प्रदेश ६ मा दीपेन्द्रकुमार खत्री र प्रदेश ७ मा प्रकाश साउद प्रतिनिधि रहेको चेम्बरले जनाएको छ । चेम्बरको ६७औँ साधारणसभाले चेम्बरलाई मुलुकका सबै जिल्ला र प्रदेशमा पु¥याउने अभियान सुरु गरेको उनले बताए ।

हाल चेम्बरमा ८५ वटा वस्तुगत संघ, २० वटा द्विराष्ट्रिय उद्योग वाणिज्य संघ आबद्ध रहेका छन् । त्यस्तै, हालसम्म ५२ वटा अन्तर्राष्ट्रिय संघ–संस्थाहरूसँग समझदारीपत्रमा हस्ताक्षर गरिसकेको समेत उनले जानकारी दिए ।

को–को आए कार्यसमिति सदस्यमा ?
चेम्बरको उद्योगतर्फको सदस्यमा लोकमान्य गोल्छा, राजेन्द्रप्रसाद अर्याल, डा. अञ्जान शाक्य, दीपक श्रेष्ठ र सुमितकुमार अग्रवाल चयन भएका छन् । त्यस्तै, वाणिज्यतर्फको सदस्यमा देवेन्द्रभक्त श्रेष्ठ, नीलकण्ठ चौलागार्इं, सन्तोषकुमार पाण्डे, किशोरकुमार अग्रवाल, नवराज ढकाल, राष्ट्रभूषण चाकुवजी, राजु श्रेष्ठ, कैलाशचन्द्र गोयल, सुभाषचन्द्र संघाई, दीपककाजी तुलाधर, मनोजकुमार केडिया, सुधीर मित्तल, अशोककुमार अग्रवाल र दीपेशरत्न तुलाधर चयन भएका हुन् ।

जिल्लातर्फको सदस्यमा रणबहादुर श्रेष्ठ, राम श्रेष्ठ, टीकाराम शर्मा, श्रीकृष्ण रिजाल, मोहनराज शर्मा, टंकप्रसाद पोखरेल, खुसनारायण सैँजू, सतिशकुमार अग्रवाल, शभा पौडेल, सन्तोष खतिवडा र गोविन्दबहादुर शाही चयन भएका छन् ।

चेम्बरको वस्तुगत सदस्यमा सुरेन्द्रकुमार श्रेष्ठ, सुरेन्द्रकुमार शारदा, अर्जुनप्रसाद शर्मा, मृगेन्द्रमेहर श्रेष्ठ, मनोहरदास मूल श्रेष्ठ, रवि केसी र सञ्जयकुमार अग्रवाल चयन भएको चेम्बरले जनाएको छ ।

संस्थागततर्फ दीपक कुँवर र त्रिभुवनधर तुलाधर तथा आबद्धतर्फ राजारत्न तुलाधर र नीरज राई चयन भएका छन् । त्यस्तै, रमेश महर्जन, ज्योतिप्रकाश पाण्डे र उर्मिला श्रेष्ठलाई पनि सदस्यमा मनोनीत गरेको चेम्बरले जनाएको छ ।

तपाईको प्रतिक्रिया