शिखर सुजको ‘विन्टर सेल मेला’मा आकर्षण बढ्दो - Naya Patrika
eNaya Patrika
  • ePaper

शिखर सुजको ‘विन्टर सेल मेला’मा आकर्षण बढ्दो

स्वदेशी फुटवेयर ब्रान्ड शिखर सुजले भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा सञ्चालन गरिरहेको ‘विन्टर सेल मेला’ मा उपभोक्ताको आकर्षण बढ्दै गएको छ । दिनहुँ उपभोक्ताको भीड बाक्लिन थालेको छ ।

फ्याक्ट्री मूल्यमा शिखरका जुत्ता, चप्पल बिक्रीमा राखिएकाले खरिद गर्ने उपभोक्ताको भीड अत्यधिक बढेको मेला आयोजकले जनाएका छन् ।

शिखर सुजका संचालक रामकृष्ण प्रसाईले मेलामा ७० प्रतिशत छुटमा जुत्ता, चप्पल बिक्री गरिएको बताए ।
उनले उपभोक्ताले अनुमान नै नगरेको मूल्यमा जुत्ता, चप्पलको बिक्री दर राखिएपछि खरिद गर्नेको भीड बढेको बताए ।

‘शिखर ब्रान्डलाई विश्वास गरेर सस्तोमा जुत्ता, चप्पल खरिद गर्ने उपभोक्ताको भीड धेरै बढेको छ’ उनले भने ।

मेलामा बढीमा १ वर्ष पुराना जुत्ता, चप्पल मात्रै राखिएको छ । शिखरले यो वर्ष तेस्रो पटक सेल मेला लगाएर ‘स्टक क्लियरेन्स’ गर्न खोजिएको संचालक प्रसाईको भनाइ छ ।

मेलामा ४ सयदेखि ५ सय रुपैयाँ प्रतिजोरमा बिक्री गर्ने लेडिज चप्पल मेलामा दुई जोर ४ सय रुपैयाँमा बिक्री भइरहेको छ । जुन ३०–४० वटा मोडलमा रहेका छन् भने महिला उपभोक्ताले छानेरै खरिद गर्न सक्नेछन् ।

१३ सय रुपैयाँसम्म बजार मूल्य पर्ने बच्चाका लागि छालाको स्कूल सुज मेलामा ५ सय रुपैयाँ प्रतिजोरमा बिक्री भइरहेको छ । यसमा ४–५ मोडलको छनोट सुविधा छ ।

युवाले लगाउने ३९–४३ साइजको कन्भर्स डिजाइनको पाण्डा सुज प्रतिजोर ४ सय रुपैयाँ र ३०–३८ साइजको ६ सय रुपैयाँमा दुई जोर बिक्री भइरहेको छ ।

कपडाको न्यानो टम्स सुज ५ सय रुपैयाँमा दुई जोर बिक्री मूल्य तोकिएको छ ।
‘यति सस्तो मूल्यमा जाडाको न्यानो जुत्ता दिएका छौं । त्यसैले उपभोक्ताले चप्पल छाडेर जुत्ता नै लगाउन सक्नुहुन्छ,’ प्रसाईले भने ।

बजारमूल्य ७ सय रुपैयाँ पर्ने पुरुषका लागि बनाइएको क्याजुअल सुज मेलामा प्रतिजोर ४ सय रुपैयाँमा बिक्री भइरहेको छ ।

बजारमा १५ सयदेखि २५ सय रुपैयाँ मूल्य निर्धारण गरिएको स्पोर्टस् जुत्ता मेलामा १ हजार रुपैयाँ प्रतिजोर मूल्य तोकिएको छ ।

त्यस्तै, २५ सयदेखि ३५ सय रुपैयाँसम्म मूल्य पर्ने जुत्ता १५ सय रुपैयाँमा बिक्री गरिरहेको प्रसाईले जानकारी दिए ।

त्यस्तै, छालाको जुत्ता पनि १ हजार र १५ सय रुपैयाँ गरी दुई थरी मूल्यमा बिक्री भइरहेको छ । ‘बजारमा ४५ सय रुपैयाँसम्म पर्ने जुत्ता मेलामा १५ सय रुपैयाँमै दिएका छौँ,’ उनले भने ।

१० माघसम्म संचालन हुने मेलामा राम्रो गुणस्तरका जुत्ता, चप्पल राखिएको संचालक प्रसाईको भनाइ छ ।

‘गुणस्तरमा कुनै गुनासो भए स्टलमा आएर उपभोक्ताले भन्न सक्नुहुन्छ, हामी सुधार गर्छाैं,’ उनले भने ।

मेलामा करिब ६ सय डिजाइनका जुत्ता, चप्पल राखिएका छन् । जसकारण उपभोक्ताले खोजेको जस्तो डिजाइन पाउने कम्पनीको विश्वास छ ।

तस्बिरहरू ः सतिश पाेखरेल/नयाँ पत्रिका

तपाईको प्रतिक्रिया