इस्लिङटन कलेजमा रोजगारीसहितको एमबिए कार्यक्रम - Naya Patrika
eNaya Patrika
  • ePaper

इस्लिङटन कलेजमा रोजगारीसहितको एमबिए कार्यक्रम

कमलपोखरीस्थित इस्लिङटन कलेजले अनुसन्धान रोजगार सहितको एमबिए कार्यक्रम सुरु गरेको छ । कलेजले चीन र थाइल्याण्डमासमेत अतिरिक्त समय अध्ययनको व्यवस्था सहित दुई वर्षे एमबिए कोर्ष सुरु भएको जानकारी गराएको छ ।

वेलायतको लन्डन मेट्रोपोलिटन युनिभर्सिटिको सम्बन्धनमा यसै शैक्षिक सत्रदेखि एमबिए कार्यक्रम सुरु भएको हो । सोही कोर्ष अध्ययनपछि नेपाललगायत विश्वका कुनै पनि मुलुकमा व्यवसाय अध्ययन र अनुसन्धान गर्न सहयोग हुने कलेजका अध्यक्ष तथा सिइओ सुलभ बुढाथोकीले जानकारी दिए ।

अनुसन्धानमा आधारित दुई वर्षे कोर्ष अन्तर्गत नेपालबाट विदेश निर्यात हुने र विदेशबाट नेपाल आयात हुने सामाग्रीको विषयमा सुक्ष्म अध्ययन गर्नु नै कोर्षको विशेषता रहेको उनले जानकारी गराए ।

उनका अनुसार नेपालको बैकिङ, अर्थ र व्यापारिक क्षेत्रको विषयमा अध्ययन गरी व्यावसाय सञ्चालन गर्न सहजता हुनेछ । देश र विदेशको सम्पूर्ण व्यावसायीक विषयको अध्ययन तथा अनुसन्धान गर्ने एमबिए कार्यक्रम नेपालमा पहिलो भएको कलेजको दाबी छ ।

यो विषय चीनको अलिवावा डट कम र युनिभर्सिटी अफ द थाइल्याण्डको चेम्बर अफ कमर्शसँग सहकार्य गरिएको छ । पहिलो वर्ष लन्डन मेट्रोपोलिटियन युनिभर्सिटीको कोर्षसँगै चिनियाँ भाषाको एचएसके तेस्रो लेभलको भाषा सिक्नुपर्छ ।

भाषासँगै अलिवावा डट कमकाविज्ञ र त्यससँग सम्बन्धित विज्ञसँग तालिमको व्यवस्था गरिएको छ । नेपाल र विश्वको आयात र निर्यातको अवस्था कस्तो छ ? नेपालको बजार बिस्तारका लागि अन्य मुलुकसंग कसरी सम्भव छ ? लगायतका अनुसन्धानात्मक विषय सिक्ने चाहना यो कोर्षले पुरा कलेजको दाबी छ ।

चीनमा अध्ययन सम्पन्न गरेपछि दुई साता थाइल्याण्डमा अध्ययन गर्नुपर्ने छ । दुई वर्षीय कोर्ष सकेपछि नेपालमै रोजगारी सिर्जना गर्ने कि विदेश जाने ? भन्ने विषय छनोट गर्ने अधिकार विद्यार्थीलाई भएको कलेजले जानकारी गराएको छ ।

अनुसन्धानमा आधारित विषय भएकोले पहिलो वर्ष २० जना विद्यार्थीले मात्र अध्ययन गर्ने अवसर पाउनेछन् । अध्ययन गर्न पाँच लाख ५० हजार र चीन र थाइल्याण्डमा अतिरिक्त कोर्ष अध्ययन गर्न करिब ८ लाख ५० हजार रुपैयाँ लाग्ने कलेजले जनाएको छ ।

तपाईको प्रतिक्रिया