नन्द–भाउजूको जोडी क्वार्टरफाइनलमा - Naya Patrika
eNaya Patrika
  • ePaper

नन्द–भाउजूको जोडी क्वार्टरफाइनलमा

राखेप च्याम्पियनसिप

नेपाल प्रहरीका एलिना महर्जन र नविता श्रेष्ठको जोडी राखेप च्याम्पियनसिपअन्तर्गत ३९औँ राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको महिला डबल्समा क्वार्टरफाइनलमा प्रवेश गरेको छ । नविता एलिनाकी भाउजू हन् । सो जोडीले दाङका पवित्रा खनाल र पूजा नेपालीको जोडीलाई ११–३, ११–२ र ११–४ को सोझो सेटमा पराजित गर्‍यो ।

पुरुष डबल्समा प्रहरीका विनेश खनियाँ र प्रदीप रोका, भक्तपुरका विवेक कवान र रजोजमान थाकू र मोरङका सन्तोष काफ्ले र प्रवेश न्यौपानेको जोडी अन्तिम आठमा पुगेका छन् । यसैगरी पुरुष डबल्समै आर्मीका कृष्ण थापामगर र नारायण घिमिरे, एपिएफका अमरलाल मल्ल र पुरुषोत्तम बज्राचार्य, ललितपुरका रितिज जोशी र विपुल महर्जन, धनुषाका नवीनबहादुर सिंह र दीपकबहादुर सिंह तथा प्रहरीका स्यान्टु श्रेष्ठ र दीप साउनको जोडी अन्तिम आठमा पुगेका छन्

बास्केटबल
आर्मी र मध्यमाञ्चल १५औँ राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको सेमिफाइनलमा आर्मीले नेपाल एपिएफ क्लबलाई ९३–७७ ले पराजित गर्‍यो । मध्यमाञ्चलले नेपाल प्रहरी क्लबलाई ८६–७० को साँघुरो अन्तरले हरायो । यसगरी १४औँ महिलामा मध्यपश्चिमाञ्चल र मध्यमाञ्चलले उपधि भिडन्त पक्का गरे । मध्यपश्चिमाञ्चलले पश्चिमाञ्चललाई ६८–३३ ले पाखा लगायो । मध्यमाञ्चलले आर्मीमाथि ५७–२९ को जित निकाल्यो ।

सुटिङ
नेपाल प्रहरीका हरिबहादुर थापाले २३औँ राष्ट्रिय पुरुष सुटिङ प्रतियोगताको दोस्रो दिन पुरुष १० मिटर एयर राइफलको ६ सयमा ५७३ स्कोर गरेका छन् । आर्मीका कृष्ण घोरासैनीले ५७० तथा मध्यपश्चिमाञ्चलका पवन घिमिरेले ५६९ स्कोर गरे । सोही स्पर्धाको महिलातर्फ मध्यमाञ्चलकी सिन्दुजा बस्नेत र प्रहरीकी दुर्गा सिँजालीले समान ३७९ स्कोर गरेका छन् । पूर्वाञ्चलकी अमिता श्रेष्ठ ३४३ स्कोर गर्न सफल भइन् । पुरुष १० मिटर एयर पेस्तोलको आर्मीका विष्णुकुमार विश्वा मगरले सर्वाधिक ५३३ स्कोर गरेका छन् ।

गल्फ
एनपिजिए ओपन गल्फ च्याम्पियनसिपमा मध्यमाञ्चलले स्वर्ण पदक जितेको छ । टंकबहादुर कार्की, सुवास घिसिङ र सन्दीप तामाङ सम्मिलित मध्यमाञ्चलले १० ओभर २८२ स्कोर गर्दै स्वर्ण हात पारेको हो । मध्यमाञ्चलले स्वर्ण जित्दा निर्माणा कन्ट्री क्लबलाई १२ स्ट्रोकले पछि पा¥यो । २९४ स्कोरका साथ निर्माणा दोस्रो स्थानम रह्यो । रोयल नेपाल गल्फ क्लब ३०४ स्कोरका साथ तेस्रो भएको छ ।

कबड्डी
मकवानपुर/च्याम्पियनसिपअन्तर्गत १३औँ कुस्ती प्रतियोगिता हेटौँडामा सुरु भएको छ । महिला र पुरुष गरी ७८ खेलाडी सहभागी रहेको जिल्ला खेलकुद विकास समिति मकवानपुरले जनाएको छ । राष्ट्रिय महिला तथा पुरुष कुस्तीमा दुई स्वर्णको टुंगो लागेको छ । १६ स्वर्णका लागि भएको प्रतियोगितामा ६९ केजीमा झापाकी सदीक्षा राई र ४५ केजीमा सुनसरीकी आशाकुमारी खत्वेले स्वर्ण जितेका छन् । उनीहरूले आफ्नो तौल समूहमा अन्य खेलाडी नभएपछि वाकओभरका आधारमा स्वर्ण पदक पाएको निर्णायक विद्यासागर पोखरेलले जानकारी दिएका छन् ।

भारोत्तोलन
कास्की/ नेपाल आर्मीका कमलबहादुर अधिकारीले ७७ केजी तौलसमूहमा स्वर्ण जितेका छन् । २३औँ पुरुष राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको ७७ केजी तौलमा स्वर्ण हात पार्ने क्रममा ओलम्पियन तथा सागका पदकधारी अधिकारीले क्लिन एन्ड जर्कमा १५३ केजीका साथ समग्रमा २७३ केजी भार बहन गरेका थए । महिला ६३ केजी तौल समूमा सेनाकी मनिता श्रेष्ठले कुल १४० केजी भार बहन गर्दै स्वर्ण हात पारिन् ।

उनले स्नाचमा ६० र क्लिन एन्ड जर्कमा ८० केजी भार बहन गरेकी थिइन् । महिलाकै ६९ केजीमा प्रहरीकी राज्यलक्ष्मी थापाले स्नाचमा ६०, क्लिन एन्ड जर्कमा ८३ केजीका साथ कुल १४३ केजी भार बहनका साथ स्वण हात पारिन् ।

तपाईको प्रतिक्रिया