फ्राइडे रिलिज : हलमा बटरफ्लाई र मिस्टर झोले - Naya Patrika
eNaya Patrika
  • ePaper

फ्राइडे रिलिज : हलमा बटरफ्लाई र मिस्टर झोले

आज शुक्रबारदेखि दुई फिल्म ‘बटरफ्लाई’ र ‘मिस्टर झोले’ प्रदर्शनमा आएका छन् । बटरफ्लाई प्रेमकथानक फिल्म हो भने मिस्टर झोलेमा हास्यरस हावी रहेको बताइन्छ ।

ओमप्रतीक गुरुङको लेखन र निर्देशनमा बनेको बटरफ्लाईमा आर्यन अधिकारी, प्रियंका कार्की, अर्पण थापा, पुरन थापालगायतले अभिनय गरेका छन् । प्रेमका अनेक रंगका रूपमा व्याख्या गरिएको फिल्मका निर्माता रमेश प्रजापती हुन् । ‘के म तिम्रो होइन र ?’ बाट डेब्यु गरेका आर्यनको यो दोस्रो फिल्म हो ।

रामबाबु गुरुङको निर्देशनमा बनेको मिस्टर झोलेमा भने दयाहाङ राई, दिया पुन, बुद्धि तामाङ, वर्षा राउत, पुष्कर गुरुङलगायतले अभिनय गरेका छन् । गाउँले परिवेशको कथामा निर्माण गरिएको फिल्मको निर्माता टेकेन खड्का हुन् । टेकेनले यसअघि दीपेन्द्र के खनालको निर्देशनमा ‘झोले’ फिल्म निर्माण गरेका थिए ।

करोडभन्दा बढी लगानीका दुवै फिल्मले दर्शकको मन जित्ने दावी निर्माण पक्षको छ । कुनमा कति दम छ, त्यो भने शुक्रबारै थाहा हुनेछ ।

तपाईको प्रतिक्रिया