तस्बिरमा पृथ्वी जयन्ती - Naya Patrika
eNaya Patrika
  • ePaper

तस्बिरमा पृथ्वी जयन्ती

नेपालको एकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पृथ्वीनारायण शाहको दिव्ययोपदेशको स्मरण गर्दै आज राष्ट्रिय महत्वका साथ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ ।

दोस्रो जनआन्दोलनपछि पृथ्वीनारायण शाहको योगदानलाई उपेक्षा गरेर सरकारले यस राष्ट्रिय पर्वमा बिदा कटौती गरे पनि यो वर्षबाट सार्वजनिक बिदा दिइएकाले महत्वका साथ राष्ट्रिय एकता दिवस मनाइएको हो ।

  समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री कमल थापा, प्रधानसेनापति राजेन्द्र क्षेत्री लगायतका विभिन्न क्षेत्रका उच्च पदस्थ व्यक्ति सहभागी थिए ।

लामो समयदेखि पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस राष्ट्रियस्तरबाट मनाउनुपर्ने माग गर्दै अभियानमा लागेका पूर्वमन्त्री मोदनाथ प्रश्रितले यो वर्ष यस दिवसमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानसेनापति लगायत सरकारका उच्च ओहोदाका व्यक्तिको उपस्थिति भएको भन्दै खुशी व्यक्त गरे ।

उनले भने– ‘गत वर्ष यही दिवसका अबसरमा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न जाँदा पनि प्रहरीले अभद्र व्यवहार गर्थ्यो, अहिले आनन्दका साथ मनाउन पाइयो, हामी सरकारलाई धन्यवाद दिन चाहन्छौँ ।’

गोरखाका राजा शाहले विसं १८०१ असोज २ गते नुवाकोट विजय गरेपछि पृथ्वीनारायण शाहले तत्कालीन बाइसे तथा चौबीसेसहितका साना राज्य एकीकरण गरेर मुलुकलाई एकसूत्रमा बाँधेका थिए ।

तस्बिर : अमुल थापा / नयाँ पत्रिका 

विसं २०६२/६३ को जनआन्दोलनपछि सरकारले यस दिवसमा बिदा कटौती गरे पनि यो वर्षबाट आजका दिन पुनः बिदा दिन थालेको हो ।

पृथ्वीनारायण शाह र्‍यालीमा मिसिएपछि…[फोटोफिचर]

 

 

 

तपाईको प्रतिक्रिया