जाडोमा मुलायम हात - Naya Patrika
eNaya Patrika
  • ePaper

जाडोमा मुलायम हात

हातलाई प्रायः खुला राखिन्छ । जसले गर्दा मौसमको पहिलो प्रभाव हातमा पर्न जान्छ । जाडोमा त हात कडा र फुस्रो हुने समस्याले धेरैलाई दुःख दिने गर्छ । तर, जाडोमा पनि घरेलु विधि अपनाएर हातलाई नरम बनाउन सकिन्छ । यसका केही तरिका छन् :

जैतुनको तेललाई कम्प्लिट स्किन केयर प्रडक्टका रूपमा पनि लिइन्छ । किनभने यसमा भिटामिन, मिनरल र प्राकृतिक मोइस्चराइजर हुन्छ । जैतुनको तेल अनुहार लगाउँदा मुलायम बन्न मदत गर्छ । यसको तेललाई शरीरको जुनसुकै छालामा पनि लगाउन सक्नुहुन्छ । छालालाई मुलायम बनाउनका लागि जैतुन, अलिवलगायतको तेल लगाएर मसाज गर्न सक्नुहुन्छ ।

बदामको तेलले पनि छालालाई मोइस्चराइजर प्रदान गर्छ । जसमा छाला सुक्खा हुने समस्या छ, उनीहरूले बदामको तेल प्रयोग गर्दा उपयुक्त हुन्छ । बदामको तेलले नियमित हात मसाज गर्दा मुलायम बन्छ ।

मह पनि एक मोइस्चराइजर हो । मह खान मात्र नभई लगाउन पनि सकिन्छ । महको प्रयोगले कडा र फुस्रो छालालाई मुलायम प्रदान गर्छ । त्यसका लागि समस्या भएको ठाउँमा महले २० देखि ३० मिनेटसम्म मसाज गर्नुस् र मनतातो पानीले सफा गर्नुस् ।

दही खाद्यपदार्थ हो । तर, यसलाई पनि मोइस्चराइजरका रूपमा प्रयोग गर्न सकिन्छ । हातमा दहीले मसाज गरेमा फुस्रो, कडापनबाट मुक्ति दिलाउँछ । दहीले मसाज गरेपछि पानीले सफा गर्न जरुरी हुन्छ ।

यदि स्किन कडा हुने समस्या भएका व्यक्तिले सम्बन्धित ठाउँमा एलोभेरा जेलको प्रयोग गर्दा हुन्छ । यसको प्रयोगले लुज छालालाई टाइड गर्न पनि सघाउ पुर्‍याउँछ । एक चम्चा एलोभेरा तेल लगाउनुस् अनि एक घण्टापछि सफा गर्नुस् । यसो गर्दा तपाईंले केही दिनमै प्रभाव देख्न सक्नुहुन्छ । सम्भव भएमा दिनमा दुई–तीनपटकसम्म एलोभेरा जेल प्रयोग गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया