पहिलो खेलमा नेपाल पराजित - Naya Patrika
eNaya Patrika
  • ePaper

पहिलो खेलमा नेपाल पराजित

दृष्टिविहीन विश्वकप क्रिकेटका लागि पाकिस्तानमा रहेको नेपाली टिम उद्घाटन खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ ।

टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा ५ विकेट गुमाएर २ सय ५८ रन बनाएको थियो । जवाफमा पाकिस्तानले १९.१ ओभरमा १ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

मुनिरको शतक
नेपालले दिएको मध्यम स्कोर पछ्याएको पाकिस्तानका लागि ओपनर बादर मुनिरले विस्फोटक शतकीय इनिङ खेले । मुनिरले ५९ बलमा १ सय २६ रन बनाएका थिए । त्यस्तै, महसिन खानले ७४ तथा आमिर अस्फाकले ४६ रन बनाएका थिए ।

त्यसअघि, पाकिस्तानको जिन्नाह स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा ५ विकेट गुमाएर २ सय ५८ रन बनाएको थियो । नेपालका रमेशबहादुर बानियाँ र पदम बडैलाले अर्धशतकीय पारी खेले । यस्तै बद्री चौलागार्इं अर्धशतक बनाउनबाट १ रनले पछि परे । नेपालका रमेशले ७२ बलमा ५९ रन जोडे, जसमा उनले २ चौका प्रहार गरेका थिए । त्यस्तै, पदमले ४३ बलमा ५० रन जोड्दा २ चौका प्रहार गरे ।नेपालका लागि बद्री चौलागाईंले ४९ रन बनाए भने खिमानन्द गैरेले नटआउट ३० तथा भरत थापाले ११ रन जोडेका थिए ।

तपाईको प्रतिक्रिया