ट्रम्प टावरमा आगलागी, दुई घाइते - Naya Patrika
eNaya Patrika
  • ePaper

ट्रम्प टावरमा आगलागी, दुई घाइते

अमेरिकाको न्युयोर्कस्थित ट्रम्प टावरको छानामा सोमबार आगलागी भएको छ । स्थानीय समयअनुसार मंगलबार बिहान ७ बजे भवनमा तैनाथ गुप्तचर सेवाका सदस्यले न्युयोर्कको मिड टाउन म्यानह्यामटनमा रहेको ५८ तले गगनचुम्बी भवनको छानाबाट आगो लागेको हो । आगलागीमा दुईजना घाइते भएको अमेरिकाको अग्नि नियन्त्रण विभागले जनाएको छ ।

आगो निभाउने क्रममा एक अग्नि नियन्त्रकसहित र इन्जिनियर घाइते भएका विभागले जनाएको छ । आगलागीपछि सर्वसाधारणले स्थानीय अग्नि नियन्त्रण विभागमा जानकारी गराएको म्यानह्यामटन क्षेत्रका प्रशासन प्रमुख रोगर डब्लु साकोविचले बताए । अग्नि नियन्त्रण टोलीले एक घन्टामै आगो नियन्त्रणमा लिएको थियो । विद्युतीय समस्याका कारण आगो लागेको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा दर्साइएको छ ।

न्युयोर्कको फिफ्थ एभेन्युमा रहेको ट्रम्प टावरका मालिक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हुन् । राष्ट्रपतिमा निर्वाचित हुनुअघि ट्रम्प र उनको परिवार सोही टावरमा बस्थे । टावरमा आगलागी हुँदा राष्ट्रपति ट्रम्प वासिङ्टनमा नै थिए ।

‘ट्रम्प अर्गनाइजेसन’का उपप्रमुख तथा राष्ट्रपति ट्रम्पका छोरा एरिक ट्रम्पले आगलागीबारे ट्विट गरेका छन्, ‘मंगलबार बिहान भवनको माथिल्लो तलामा रहेको ‘कुलिङ टावर’मा सानो विद्युतीय समस्या आएको थियो । आगलागी भएको केही समयमै तर अग्नि नियन्त्रण अधिकारीले नियन्त्रणमा लिएका छन् ।’ अग्नि नियन्त्रकलाई समयमै पुगी भवनमा थप क्षति हुनबाट जोगाएको भन्दै अग्नि निन्त्रकहरूको प्रशंसा गरेका छन् ।

यसैबीच, आगलागीबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । सो भवनमा अग्नि सुरक्षा मापदण्ड लागू भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया