साउदी रंगशाला महिलाका लागि खुला - Naya Patrika
eNaya Patrika
  • ePaper

साउदी रंगशाला महिलाका लागि खुला

साउदी अरबको रंगशाला शुक्रबारदेखि महिलाहरूका लागि खुला गरिने भएको छ । प्रत्यक्ष रूपमा फुटबल प्रतियोगिता हेर्नका लागि महिलाहरूलाई पनि रंगशाला खुला गरिएको सरकारले जनाएको हो । ‘साउदी अरबका महिलाहरूले इतिहासमै पहिलोपटक रंगशालामा गएर फुटबल प्रतियोगिता हेर्न पाउने भएका छन् । आउदो शुक्रबारदेखि उनीहरूले प्रत्यक्ष रूपमा रंगशालामा पुगेर अवलोकन गर्न सक्नेछन्,’ साउदी सञ्चार मन्त्रालयद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

सरकारको निर्णयको महिला अधिकारवादी समूहले स्वागत गरेका छन् भने धार्मिक कट्टरपन्थीले विरोध जनाएका छन् । यसअघि महिलालाई रंगशालामा गएर फुटबल हेर्न प्रतिबन्ध लागेको थियो । प्रतियोगिताअन्तर्गतको पहिलो खेल राजधानी रियादमा हुन लागेको छ भने दोस्रो खेल जेड्डाहको रेड सी र तेस्रो खेल डाम्माममा हुनेछ । मुस्लिम मुलुक साउदी अरब महिलाका लागि विश्वमै अनुदार मानिन्छ । साउदी महिलाले शिरदेखि पाउसम्म शरीर ढाक्नुपर्ने बाध्यता छ ।

तपाईको प्रतिक्रिया