गज्जब! ब्लो अपमा वर्षा शर्मा - Naya Patrika
eNaya Patrika
  • ePaper

गज्जब! ब्लो अपमा वर्षा शर्मा

मिस इन्टरकन्टिनेन्टल नेपाल २०१७ की विजेता हुन् वर्षा शर्मा । भैरहवाकी स्थायी बासिन्दा उनी मोडलिङ क्षेत्रमा ३ वर्षदेखि सक्रिय छिन् । भैरहवाकैै एक ज्वेलरी कम्पनीको विज्ञापन खेलेर वर्षाको मोडलिङ यात्रा सुरु भएको हो ।

मिस इन्टरकन्टिनेन्टल नेपाल २०१७ मा १७ प्रतिस्पर्धीलाई पछि पार्दै उनले गत मंसिरमा ताज जितिन् । पहिलोपटक नेपालको प्रतिनिधित्व गर्दै वर्षा जनवरी २०१८ मा इजिप्ट जाँदै छिन् । स्नातकोत्तर तह दोस्रो वर्षमा अध्ययनरत शर्माले आगामी दिनमा सिने क्षेत्रमा करिअर बनाउने बताइन् ।

मोडल : वर्षा शर्मा
तस्बिर : सतिश पोखरेल
लोकेसन : नवयता स्टुडियो, दरबारमार्ग
मेकअप : सुष्मा कार्की

गज्जब! ब्लो अप : केकी अधिकारी र नाजिर हुसेन

तपाईको प्रतिक्रिया